सपना देखाएर पूर्वाधार सम्मेलन सम्पन्न भएको दाबी « Eglish Khabarhub

सपना देखाएर पूर्वाधार सम्मेलन सम्पन्न भएको दाबी



काठमाडौं । नेपाल उद्योग परिसंघले दोस्रो पूर्वाधार सम्मेलन सफलता पूर्वक सम्पन्न भएको बताएको छ ।
पूर्वाधार सम्मेलन मार्फत विदेशी लगानी नेपाल भित्रिने वातावरण सृजना भएको बुधवार आयोजित पत्रकार सम्मेलन नेपाल उद्योग परिसंघले जानकारी दियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले पूवार्धार सम्मेलन नेपालमा दशक अगाडि नै आयोजना हुनु पर्ने बताए । ढिलो भए पनि भविष्यमा हुने विकासका लागि यस प्रकारका सम्मेलन आवश्यक रहेको भन्दै शर्माले सम्मेलन देशलाई पूर्वाधार विकासमा अगाडि बढाउन गरिएको बताए ।
‘हामीले जनतालाई सपना बाड्नका लागि मात्र गरिएको हैन, सम्मेलनको प्रभाव तत्कालै नदेखिए पनि आगामी पिढीले यसको अनुभूति गर्ने छन्,’ शर्माले भने ।

‘पूर्वाधार सम्मेलनका माफतबाट विदेशी कम्पनीले पूर्वाधार विकासको क्षेत्रमा नेपाल भर्जिन देश भएको महशुस गरेका छन्, सरकारले लगानीका निम्ती सौहार्दपूर्वक वातावरण सृजना गरेमा नेपालमा विदेशी लगानी गर्नका लागि कम्पनीहरु इच्छुक रहेको पाइएको छ,’ शर्माले थपे ।

Publish on: