स्पार्क हेल्थ होम अस्पताल २५औँ वर्षमा, प्राकृतिक चिकित्सा सेवा देशभर पुर्याउने योजना « Eglish Khabarhub

स्पार्क हेल्थ होम अस्पताल २५औँ वर्षमा, प्राकृतिक चिकित्सा सेवा देशभर पुर्याउने योजना



काठमाडौँ । योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम अस्पतालले अगामी दिनमा आफ्नो सेवालाई देशभर पुर्याउने भएको छ ।

विशेष गरी पक्षघात, ढाडकम्मर, पेट, नशा सम्बन्धी रोगलाई ती चिकित्सा प्रणालीमार्फत सो अस्पतालले उपचार गर्दै आएको छ ।  कालिमाटीमा रहेको सो अस्पतालले आफ्नो  शाखामार्फत पोखरा, विर्तामोड, धरान, विराटनगर, जनकपुर, दमौली जस्ता सहरमा पनि सेवा प्रवाह गर्दै आएको छ ।

अस्पताल स्थापनाको २५ औँ वर्ष अर्थात् रजतवर्षका उपलक्ष्यमा अस्पतालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सबै प्रदेशसहित सबै जिल्लामा आफ्नो सेवा पुर्याउने योजना अघि सारेको सो अस्पतालले जनाएको छ ।

अस्पतालले फिजिरोथेरापी,योग,ध्यान तथा प्राकृतिक जडिबुटीका औषधिमार्फत उपचार गर्दै आएको अस्पताल सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए ।

अस्पतालले हालसम्म दश लाख भन्दा बढी बिरामीलाई सेवा दिइसकेको पनि उनले बताए ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले योग, ध्यान र प्राकृतिक चिकित्साका महत्व र उपचारका पद्दतिका बारेमा समुदायलाई चेतना जगाउन आवश्यक रहेकोमा जोड दिए ।

‘आफ्नै घर आँगन, खेतबारी, जङ्गलमा पाइने जडीबुटीका महत्वबारे थोरै मात्र ज्ञान रहेको अवस्था छ, उनले भने,’यस्तो प्रवृत्तिलाई अन्त्य गर्न यस्ता अस्पतालले निःशुःल्क रुपमा सेवा दिनुपर्छ।’

कार्यक्रममा मन्त्री कार्कीले अस्पतालद्वारा प्रकाशित स्पार्क स्मारिका सार्वजानिक गर्नुका साथै अस्पतालमा १० वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान समेत गरे।

यसरी सम्मानित हुनेमा डा गीता केसी, डा नवरत बाँनिया, डा विपिन आचार्य, राजेन्द्र पन्त ,वसन्त महर्जन, निर्मला न्यौपाने, अनिता महर्जन, सम्झना शर्मा, वसन्ता महर्जन, आशा भण्डारी, राधा घिमिरे, मन्दिरा कार्की, दुर्गा सुवेदीलगायत छन् ।

Publish on: