तपाईंलाई क्रिकेट खेल्न आउँछ ? आउँछ भने सेयर बजारबाट पैसा कमाउनु हुन्छ « Eglish Khabarhub

तपाईंलाई क्रिकेट खेल्न आउँछ ? आउँछ भने सेयर बजारबाट पैसा कमाउनु हुन्छ


१६ फाल्गुन २०७३, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


सेयर बजार भनेको जिन्दगी जस्तै हो । उतार-चढाव आइरहन्छ । त्यसैले त मानिसहरु सेयर बजारसँग डराउँछन् । तर, के जिन्दगीमा उतारचढाव आउँछ भनेर जिन्दगी बाँच्नै छाडिदिने त ? पक्कै पनि त्यसो होइन । जिन्दगी बाँच्ने सीप विकास गर्दै लानुको कुनै बिकल्प छैन ।

अहिलेको आधुनिक बिश्वमा त झन् सेयर बजार र जिन्दगी आफैंमा अन्तरघुलित भएर बसेका छन् । तपाईं प्रत्यक्षरुपमा यो बजारसँग सम्बन्धित नभए पनि सेयर बजारले कुनै न कुनै रुपमा तपाईंको जिन्दगीलाई प्रभाव पारेकै हुन्छ ।

नेपालमा पनि सेयर बजार घट्दा वा बढ्दा समग्र अर्थतन्त्र र राजनीतिलाई नै प्रभाव पर्न थालिसकेको छ ।

त्यसैले सेयर बजारसँग डराएर भाग्नुभन्दा यस बजारबाट फाइदा लिन सक्ने गुण बिकास गर्दे लानुको कुनै बिकल्प छैन । यस्तो गुण कुनै खेल खेलेर पनि विकास गर्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो यथार्थ हो ।

रणनीति बिपरित आवेशमा आएर छोड्नु पर्ने बाहिरको बल हान्न खोज्दा ‘स्लिप वा गल्ली’ मा क्याच आउट भए जस्तै सेयर बजारमा पनि लगानी सम्बन्धी आधारभूत सिद्दान्त बिर्सेर आवेशमा आई वा हल्लाको पछाडि लागेर लगानी गर्दा लगानी डुब्न सकिन्छ ।

खेलकुद सामान्य मनोरञ्जन वा समय कटाउने बाटो मात्र होइन । शारीरिक तन्दुरुस्तीका साथसाथै कैंयौं जिवन उपयोगी गुणहरु पनि खेलकुदको माध्यमबाट बिकास गर्न सकिन्छ ।

टिमवर्क, दबाब झेल्न सक्ने गुण, हार वा असफलता सहज रुपमा स्वीकार गर्न सक्ने क्षमता, कडा परिश्रम र मेहेनत आदि गुणहरु खेलकुदले विकास गर्न सक्छन् ।

तपाईंलाई कुनै खेल आधारभूत रुपमा सहि तरिकाले खेल्न आउँछ भने तपाईं सफल सेयर लगानीकर्ता पनि बन्न सक्नुहुन्छ ।

उदाहरणको लागि क्रिकेटलाई लिउँ । क्रिकेट प्राबिधिक रुपले सहि तरिकाले खेल्न सक्ने ब्यक्तिले राम्रो लगानीकर्ता बन्ने सीप पनि विकास गर्नसक्छ ।

क्रिकेटमा जब कुनै ब्याट्म्यान क्रिजमा आउने बित्तिकै आक्रमक सटहरु खेल्न थाल्यो भने तपाईं त्यस्तो खेलाडीलाई के भन्नुहुन्छ ? पक्कै पनि अपरिपक्क भन्नुहुन्छ ।

जतिसुकै ‘हार्ड हिटर’ भए पनि राम्रो र परिपक्व खेलाडीले ठूलो स्कोर गर्नु पहिला केहि ओभर सेट हुनका लागि खर्च गर्छ । प्राविधिकरुपमा ठीक ढंगले खेलेर बलमा आँखा पार्ने अभ्यास गर्छ । बलरको क्षमता, पिचको अवस्था, बिपक्षीको रणनीति आदिको राम्रो ज्ञान भएपछि मात्र आफ्नो सटहरु खेल्न सुरु गर्छ ।

कहिलेकाहीँ बिपक्षी हाबी भएको बेला, केहि ओभर खर्च भइसक्दा पनि खासै रन बनेन भने पनि हतास हुँदैंन र टिक्ने प्रयास गर्छ । र, आफ्नो बिकेट जोगाउनमा केन्द्रित हुन्छ ।

केहि समय टिकेपछि जब बल राम्रोसँग आँखामा पर्न थाल्छ र ब्याटमा आउन थाल्छ, तब उसले आफ्नो पाखुरा खोल्न थाल्छ ।

सेयर बजारमा पनि सफल लगानीकर्ता बन्न ठीक यहि गुणको आवश्यकता पर्छ । बजारमा आक्रामक ढंगले प्रवेश गर्नु हुँदैन । केहि समय लिएर बजारको ट्रेण्ड, चाल, अन्य लगानीकर्ताको मनोबिज्ञान, समग्र अर्थ राजनीतिक अवस्था आदिको राम्रो ज्ञान बटुल्नुपर्छ ।

ब्याट्सम्यानले बिकेट जोगाए झैं सेयर बजारमा पूँजी जोगाउनु पर्छ । बजार प्रतिकुल भएका बेला आफुले लागानी गरेको लामो समयसम्म केहि पनि रिर्टन नआउन पनि सक्छ ।

तर, यस्तो बेला हतास भएर आफ्नो सेयर सस्तोमै फाल्दा ठूलो घाटा पर्न सक्छ । क्रिकेटमा केहि समय रन नबन्दा हतास भएर अन्धाधुन्द खराब सट खेल्दा क्याच आउट भए जस्तै ।

क्रिकेटमा लामो समयसम्म रन नबने पनि ब्याट्सम्यानले पिच, बलर आदिको बारेमा धेरै सूचना हासिल गरिरहेको हुन्छ । जुन इनिङ्सको आखिरी समयमा ठूलो काम आउँछ ।

त्यस्तै, सेयर बजारमा पनि धेरै समयसम्म पैसा नबने पनि बजारका बारे धेरै ज्ञान र अनुभव हासिल भइरहेको हुन्छ , जसले सहि समयमा धेरै नाफा कमाउन मद्दत गर्नसक्छ ।

क्रिकेटमा यदि ब्याट्म्यान जसोतसो ३५ ओभर टिक्यो भने आखिरी १५ ओभरमा आक्रामक खेलेर बलरको धुलाई गर्ने अवसर पक्कै मिल्छ । बिकेट चाँडै देखि झर्न शुरु भयो भने पछाडिका ब्याट्स म्यानहरुलाई पनि बिकेटकै चिन्ता हुने हुँदा उनीहरुले खुलेर रन बनाउन सक्दैनन् ।

सेयर बजारमा पनि ठीक त्यस्तै यदि लगानीकर्ता बियरिस बजारमा सम्हालिएर बसेको छ भने भने बियरिस ट्रेण्ड सकिएर उक्लंदै गरेको बजारमा लगानीकर्ताको लगानी दिन दुई गुणा रात चार गुणा हुँदै जान्छ । बियरिस बजारमै आत्तिएर ‘खराब सट’ खेल्ने लगानीकर्ताले पछि चकचुकाउनुको अलावा अर्को बिकल्प हुँदैन ।

खेल्नु पूर्व सबैभन्दा पहिला रणनीति बनाउनुपर्छ र सोहि अनुसार खेल्नुपर्छ, अन्यथा आउट हुन सकिन्छ भन्ने क्रिकेटको आधारभुत नियम हो । उदाहरणको लागि, रणनीति बिपरित आवेशमा आएर छोड्नु पर्ने बाहिरको बल हान्न खोज्दा ‘स्लिप वा गल्ली’ मा क्याच आउट भए जस्तै सेयर बजारमा पनि लगानी सम्बन्धी आधारभूत सिद्दान्त बिर्सेर आवेशमा आई वा हल्लाको पछाडि लागेर लगानी गर्दा लगानी डुब्न सकिन्छ ।

राम्रा ब्याट्सम्यानले कहिलेकाहीँ गैरजिम्मेवार सटमा छक्का वा चौका गए पनि पुन सम्हालिएर प्राबिधिक रुपमा सहि खेलमा फर्किए जस्तै लगानीकर्ताले गलत कम्पनीमा लगानी गरे पनि बढ्दो बजार वा अरु कुनै कारणले नाफा कमाइहाले पनि पुन आफ्नो गल्ती महशुस गरि सेयर लगानीको आधारभुत सिद्धान्त पक्रनुको बिकल्प छैन ।

गलत निर्णयले क्षणिकरुपमा केहि फाइदा पु¥याइहाले पनि दीर्घकालीन रुपमा धेरै अगाडि लैजान सक्दैन ।

क्रिकेट र सेयर बजरमा लगानी बिच अर्को एउटा रोचक समानता छ । जसरी क्रिकेटमा लामो फर्ममा टेस्ट म्याच र छोटो फर्ममा टिट्वान्टी हून्छ, त्यसैगरी सेयर लगानीमा पनि दीर्घकालीनरुपमा गरिने लगानी र छोटो समयको लागि गरिने कारोबार हुन्छ ।

जसरी क्रिकेट खेलको अस्तित्वको लागि टेस्ट र टिट्वान्टी दुवैको आवश्यकता छ, त्यसैगरी सेयर बजारको लागि स्थाइत्वको लागि पनि दीर्घकालीन लगानी र छोटो समयको लागि गरिने कारोबारको महत्व छ ।

तर, गम्भिर रुपले बुझ्नु पर्ने कुरा के हो भने राम्रो टेस्ट खेलाडीले टिट्वान्टी पनि खेल्न सक्छ, तर टिट्वान्टी खेलाडीले टेस्ट खेल्न सक्दैन । त्यसैगरी दीर्घकालीन लगानीकर्ताले कारोबार पनि गर्न सक्छ । तर कारोबारीले दीर्घकालीन लगानी गर्न सक्दैन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७३, सोमबार ००:००  ६ : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping