लगानीकर्तासामू प्रचण्ड, देउवा र ओलीको एउटै बोली, सम्मेलनमा कसले के-के भने ? « Eglish Khabarhub

लगानीकर्तासामू प्रचण्ड, देउवा र ओलीको एउटै बोली, सम्मेलनमा कसले के-के भने ?


१९ फाल्गुन २०७३, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । राजधानीको सोल्टी होटलमा बिहीबारदेखि अन्तर्राष्ट्रि लगानी सम्मेलन सुरु भएको छ । सरकारका तर्फबाट २५ वर्षपछि आयोजना गरिएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी लगानीकर्ताहरुले १ खर्ब रुपैयाँभन्दा बढी लगानीको प्रतिवद्धता गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा भारत, चीन, बगंलादेश, श्रीलंका, सिंगापुर, हङकङ, मलेसिया, अस्ट्रेलिया, फ्रान्स, इटाली, जापान, अमेरिका, रुस, क्यानाडा, बेलायत, दक्षिण कोरिया, फिनल्यान्ड, इरान, टर्की, भियतनामलगायत दुई दर्जन मुलुकका झन्डै २ सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले सहभागी छन् ।

चीनबाट ८९, भारतबाट २१, श्रीलंकाबाट २०, मलेसियाबाट १४, जापानबाट १३, क्यानाडाबाट १२, हङकङबाट १०, बेलायत, दक्षिण कोरिया र भियतनामबाट ८/८, रुसबाट ७ र अमेरिकाबाट ६ कम्पनीका प्रतिनिधिको सहभागि भएका छन् ।

सम्मेलनमा नेपालका सबै नेताहरुले अब मुलुक आर्थिक विकासको बाटोमा अघि बढेकाले त्यसका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।

एउटै मञ्चमा रहेर सबै दलका शीर्ष नेताले एकैखाले सम्बोधन भएको देख्दा मुलुकको अबको मुल एजेण्डा आर्थिक विकासमात्रै भएको देखिन्छ ।

भारत र चीनबाट लाभ लिऔंः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र चीनबाट फाइदा लिनुपर्ने बताए । उनले मुलुकमा राजनीतिक संक्रमणकाल सकिएको भन्दै अबको मुल एजेण्डा आर्थिक विकासमात्रै भएको बताए ।

‘हामी लगानीको सुरक्षा हुन्छ भनेर ग्यारेन्टी गर्छौ,’ उनले भने ।

एक दशक लामो जनयुद्धपछि पनि एक दशक मुलुकमा राजनीतिक संक्रमणकाल रहेको तर नयाँ संविधानको घोषणा भएसँगै संक्रमणकाल सकिएको प्रचण्डको भनाई छ ।

‘मुलुकमा राजनीतिक स्थिरता कायम भइरहेको छ, अबको युग आर्थिक विकासको हो,’ उनले भने- ‘सरकारको ध्यानाकर्षण लगानी आकर्षण गर्नमा केन्द्रित छ, सबै राजनीतिक दलका नेताहरु विकासप्रति संवेदनशील छौं ।’

नयाँ लगानी चाहियोः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि नयाँ लगानी आवश्यक परेको बताए । कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणले लगानीको वातावरण बनाएको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई देउवाले आग्रह गरे ।

‘कांग्रेसले आर्थिक उदारीकरण्उा सुरु गरेर, विभिन्न ऐन-कानूनहरु बनाएर लगानीको वातावरण त बनायो तर अझैपनि पर्याप्त लगान्ी आउन सकिरहेको छैन,’ देउवाले भने,- ‘पर्याप्त लगानी नहुँदा आर्थिक वृद्धिदर पनि कमजोर छ । त्यसैले अवको आवश्यकता नयाँ लगानीको हो ।’

आर्थिक विकासमा हामी सँगै छौंः ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले राजनीतिक एजेण्डामा दलहरुबीच मतभेद भएपनि आर्थिक एजेण्डामा सबै एकै ठाउँमा उभिएको बताए ।

‘नेपालका लागि अवको आबश्यकता भनेको लगानीको हो, आर्थिक विकासको हो, यो सन्दर्भमा नेपालभित्र रहेका राजनीतिक दलहरुबीच कुनै फरक धारणा छैन,’ सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने ।

नयाँ संविधान निर्माण भएसँगै आर्थिक विकास देशको पहिलो प्राथमिकता भएको उनको भनाई थियो ।

‘नेपालमा लगानी गर्न पनि सजिलो छ, किनभने यहाँ कुनैपनि लगानीकर्ताले देशको प्रधानमन्त्रीलाई भेटेर आफ्ना समस्या राख्न पाउँछन्,’ ओलीले भने ।

उद्योगलाई २४सै घन्टा बिजुली दिन्छौंः अर्थमन्त्री

अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले लगानीको संरक्षण गर्न कुनै कन्जुस्याईँ नगर्ने बताए । सबै प्रकारका लगानीलाई स्वागत गर्दै उद्योगलाई २४सै घन्टा बिजुली उपलब्ध गराउने अर्थमन्त्री प्रतिवद्धता व्यक्त गरे ।

संविधानसभाले नयाँ संविधान बनाएपछि मुलुक आर्थिक विकासको चरणमा प्रवेस गरेको उल्लेख गर्दै मन्त्री महराले भने,- ‘हामीले विभिन्न कानूनहरु समयाअनुकुल परिवर्तन गरेर सबैखाले ल गानीलाई स्वागत गरेका छौं ।’

सरकारले प्रोजेक्ट बैंक बनाएको भन्दै लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न महराले आग्रह गरे ।

‘नेपालमा बजारको ठूलो संभावना छ , विश्वकै ठूलो जनसंख्या भएका चीन र भारत हाम्रा दुई छिमेकी छन्, त्यो हाम्रो बजार हो,’ उनले भने ।

१० वर्षपछि जागिर खोज्न विदेश जानु पर्दैनः उद्योगमन्त्री

उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षपछि कुनैपनि नेपाली रोजगारी खोज्दै विदेशिनु नपर्ने घोषणा गरे । नेपालमा लगानीको वातावरण बनेको भन्दै मन्त्री जोशीले ठूलो लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरे ।

‘नेपालमा हजारौंलाई रोजगारी चाहिएको छ । रोजगारी सिर्जना गर्न लगानी बढाउनै पर्छ,’ उनले भने,- ‘नेपालमा लगानीको वातावरण बनेको छ, अबको १० वर्षपछि कुनैपनि नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन ।’

विश्व बजारमा जोडिनका लागि नेपालले हाम्रा धेरै नीति नियमहरु समयानूकुल धमाधम संसोधन गरिरहेको लगानीकर्ताहरुलाई जानकारी गराए ।

‘हामी अहिले दोस्रो चरणको आर्थिक सुधारको अभियानमा छौं,’ उनले भने,- ‘नेपाल विदेशी लगानी भित्र्याउन तयार छ । हामीले बुधबार मात्रै ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेका छौं ।’

विषेश आर्थिक क्षेत्र (सेज) सम्बन्धी ऐन, कम्पनी ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, बैंकिङ कसूर सम्बन्धी ऐन संसदबाट पारित भइसकेको र अन्य आर्थिक ऐनहरु संसदमा छलफलका क्रममा रहेको उनले जानकारी गराए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७३, बिहिबार ००:००  २ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping