२९ मंसिर २०८२, आइतबार

आगामी माघदेखि रैराङ हाइड्रोपावरको ९.९ मेगावाट बिजुली बाल्न पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ताप्लेजुङ र पाँचथरस्थित इवा खोलामा निर्माण भइरहेको रैराङ आइड्रोपावरको निर्माणको काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । आयोजनाले इवाखोलाबाट अधिकतम १२.३ क्युविक मिटर प्रतिसेकेन्ड पानी उपयोग गरी ९.९ मेगावाट क्षमताको विद्युत शक्ति उत्पादन गर्नेछ ।

आयोजनाबाट उत्पादनभएको बिजुली नेपाल विद्युत प्राधिकरणको अमरपुर सवस्टेशनसम्म पु¥याइने छ । र, अमरपुर सवस्टेशनवाट राष्ट्रिय ग्रीड प्रणालीमा विद्युत समाहित हुनेछ ।

अहिलेसम्म निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सकिएको र २०७४ माघ मसान्तभित्र निर्माण सम्पन्न भइसक्ने आयोजना प्रमुख कुबेरमणि नेपालले जानकारी दिए ।

आयोजना प्रमुख नेपालका अनुसार आयोजनामा पानी फर्काउनको लागि वाँध, इन्टेक, वालुवा थिगार्ने पोखरी (डिसेन्डर वेसिन), २.९ किलोमिटर लामो फलामे हेडरेस पाइप, सर्ज टैंक, १५० मिटर लामो पेनेस्टक पाइप, विद्युत गृह, स्वीचयार्ड, ३३ केभि प्रसारण लाइन जस्ता संरचनाहरु छन् ।

यो आयोजना साविक पाँचथर जिल्लाको थर्पु गाविस तथा ताप्लेजुङ जिल्लाको साब्लाखु गाविसमा अवस्थित छ । आयोजनाको वाँध क्षेत्र इवासिवा दोभानभन्दा तल रहेको छ भने विद्युतगृह इवा कावेली दोभानको वायाँपट्टी दाहाल गाँउमा छ ।

कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच इवाखोला विद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता २०७० वैशाख २९ गते सम्झौता भएको थियो ।

कम्पनीले आयोजनाको निर्माणको लागि २०७३ कात्तिकवाट ठेकेदार कम्पनीहरु परिचालन गरेको नेपालले जानकारी दिए ।

इवा खोला आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १६० करोड रुपैयाँ लाग्ने वित्तीय प्रक्षेपण गरी आयोजनाको निर्माण कार्य थालनी भएको हो । कुल लगानीमध्ये ३५ प्रतिशत स्वःलगानी तथा ६५ प्रतिशत वैंकको ऋण रहेको छ ।

यो आयोजनामा रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ प्रतिशत, स्थानीय प्रभावित क्षेत्रका वासिन्दाहरुको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र वांकी ५० प्रतिशत सञ्चालक तथा संस्थापक शेयरधनीहरुको लगानी रहेकोछ ।

जेठ २५ गतेदेखि असार २३ गतेसम्म स्थानीयका लागि १० प्रतिशत सेयर बिक्री खुलाएको छ । कुल जारी ५ लाख ६० हजार कित्ता सेयरमध्ये २ लाख २४ हजार कित्ता साविक थर्पु तथा साव्लाखु गाविसको लागि र वाँकी ३ लाख ३६ हजार कित्ता ताप्लेजुङ र पाँचथर जिल्लाका अन्य गाविसहरुको लागि छुट्याइएको छ ।

स्थानीयलाई निकालेको सेयर फिदिम नगरपालिकामा अवस्थित माछापुच्छ्रे बैंक, एनआइसी, एशिया बैंक, एनएमवि बैंक, र सिभिल बैंकका शाखा कार्यालयहरुबाट, ताप्लेजुङस्थित एनएमबि बैंकको शाखा कार्यालय र पाँचथरको थर्पु गाविसस्थित सिभिल बैंकको काउण्टरबाट आवेदन बुझाउन सकिने छ ।

रैराङ हाइड्रोपावर रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रवद्र्धन गरेको आयोजना हो ।