क्यान कमटेक २०१७ भदौ २९ गतेदेखि हुने « Eglish Khabarhub

क्यान कमटेक २०१७ भदौ २९ गतेदेखि हुने



काठमाडौं। क्यान महासंघले सूचना तथा सञ्चार प्रविधिलाई नेपाली समाजमा प्रवद्र्धन गर्ने उद्देश्यले यहि भदौ २९ गतेदेखि क्यान कमटेक २०१७ आयोजना गर्न लागेको छ ।

काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा आयोजना हुने क्यान कमटेक २०१७ (इन्फरमेसन, कम्युनिकेशन र टेक्नोलोजी) प्रदर्शनीमा प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, इलेक्ट्रोनिक सेक्यूरिटी तथा सेफ्टी सलुसन, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् र अन्य स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने भएकाले सर्वसाधारणहरुले सबै किसिमका जानकारी एकै स्थानबाट सजिलै प्राप्त हुने क्यान महासंघको दाबी छ ।

सुबिसुले प्रायोजन गर्ने क्यान कमटेक २०१७ मा जम्मा ८७ (सानो र ठूलो गरि) वटा स्टलहरु रहनेछन् । हाल सम्म ८० प्रतिशत स्टल निश्चित भईसकेका आयोजकले मंगलवार गरेको पत्रकार सम्मेलनमा जानकारी दियो ।

त्यस्तै सो संस्करणको प्रदर्शनीमा विशेष गरी ब्रोडब्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिएको र सो अन्तर्गत ब्रोडब्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियतसहित उच्चगतिको इन्टरनेट प्रमुख आकर्षण रहने जानकारी दिईयो ।

Publish on: