सेयर बजारमा ‘बाम फोबिया’, अब के हुन्छ ?: नीरब पुडासैनीको विश्लेषण « Eglish Khabarhub

सेयर बजारमा ‘बाम फोबिया’, अब के हुन्छ ?: नीरब पुडासैनीको विश्लेषण



नेपाली सेयर बजारमा सामान्यता दैनिक ७५ देखि ८५ करोड रुपैयाँको कारोबार हुने गरेकोमा चालु साताको पहिलो दिन उक्त प्रतिशत आधाजसो घटेको देखियो । दशैंको लामो बिदापछिको कारोबार भएको कारण यसलाई आधार बनाएर विश्लेषण गर्न नमिल्ला ।

यस दृष्टिमा हेर्दा कुनै आर्थिक वा प्राविधिक कारण बिना बजार उपरोक्त सूचकाङ्कमा करिब ३२ अंकले घटेको छ । विश्व सेयर बजारमा मात्र होइन नेपालको सेयर बजारमा पनि लगानीकर्ताको मनोविज्ञानले यसको कारोबारको चाललाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

आम लगानीकर्ताको व्यक्तिगत सोच वा सामुहिक सोचले सेयर बजारलाई प्रत्यक्ष प्रभावमा दबाइरहेको हुन्छ । यो तथ्यबाट कुनैपनि मुलुकको सेयर बजार अछुतो हुँदैन ।

भोलिका दिनमा बाम एकताको जगमा नेपालमा कम्युनिष्टहरुले सरकार बनाए पनि यसले पूर्णरुपमा बाम अवधारणाहरु प्रतिपादन गर्दैनन् भन्ने कुराको हेक्का जरुरी छ । किनभने हाम्रो संवैधानिक राजनीतिक संरचनाले यसको अनुमति दिदैन । तसर्थ, सेयर बजारका लगानीकर्ताहरु कम्युनिष्टबाट पिरोलिनु एक खालको फोबिया नै हो ।

चाहे त्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदयले भारतीय सेयर बजारमा आएको उछाल होस् वा अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पसँगै न्यूयोर्क स्टक एक्सचेन्जमा आएको अपेक्षाकृत सुधार नै किन नहोस् ।

यी सबै लगानीकर्ताहरुको मनोविज्ञानको आधारमा देखिएका संकेत हुन् । यस्ता संकेतहरुले प्रारम्भिक दिनहरुमा केही असर देखिएता पनि दीर्घकालसम्म यस्तै रहिरहन्छ भन्न सकिन्न ।

किनभने ती आर्थिक आधार नभएर लगानीकर्ताको तत्कालिन मनस्थितिका उपज मात्र हुन् । हाम्रो सन्दर्भमा पनि यस आधारमा हेर्दा विभिन्न किसिमका राजनीतिक गतिविधिहरु विशेषगरी बाम गतिविधिसँगै सेयर बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परिरहने गर्छ ।

अहिलेको बाम गठबन्धनको प्रभावले मनोवैज्ञानिक त्रास सेयर बजारमा तत्कालको लागि देखिएता पनि यसले दीर्घकालमा सोचेजस्तो नकारात्मक प्रभाव पार्दैन ।

चाहे त्यो बाबुराम भट्टराईले सेयर बजारलाई जुवाको संज्ञा दिँदा बजारमा आएको आशंकागत तरंग होस् वा दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीको हारसँगै बजारमा आएको सुधारात्मक गति होस्,यस्ता मनस्थितिगत (अयनलभतष्खभ) तरङ्ग दीर्घकालको गति भने पक्कै लिँदैन । यी पानीका फोकाजस्तै चाँडै सेलाउँछन् । बजारलाई आर्थिक र प्राविधिक कारकहरुले सधै साथ दिएको हुनुपर्छ । यस पटकपनि यस्तै भएको देखिन्छ ।

बाममोर्चा बन्दीको प्रभाव बजारमा केही मात्रामा देखिनु स्वभाविक हो । नेपालका बाम बिचारक पार्टीहरुले आम जनतालाई प्रष्टरुपमा आफ्ना धारणाहरु बुझाउन नसकेको कारण नै आज सेयर बजारमार्फत् आम लगानीकर्ताहरुले त्यसको पुष्टि गरिदिएका छन् । तसर्थ बाम एकताको जगमा नेपालमा विकासको लहर ल्याउने चुनावी रटना लगाउन तयार भएका नेतागणहरुले यस कुराहरुको हेक्का राख्नुन् ।

बाबुराम भट्टराईले धेरै अगाडी सार्वजनिक र निजी क्षेत्रमा अर्थतन्त्रको खम्बा हुन् सहकारी निजी क्षेत्र भित्रको एउटा अंग मात्र हो भने स्वीकार गरेसँगै घोर लेफ्टिष्ट जग पुँजीवादतर्फ् उन्मुख भएको हामी सीधै देख्छौं ।

एमाले धेरै पटक आफ्ना अर्थमन्त्रीहरु मार्फत् पुँजीवाद र पुँजी बजारमैत्री बजेटको घोषणा गरेर यसको पुष्टि गरिसकेको छ । स्मरण रहोस् नेपाल कमोडिटिज बजारको नियमनले पनि बाम गठबन्धन पालामा मूर्तरुप पाएको हो ।

विश्वस्त हुन के जरुरी छ भने अहिले बजारलाई ह्रासोन्मूख हुने आंशकाको त्रासत मनस्थिति भोलि बजारमा केही सकारात्मक संकेत देखिने संकेतहरु देखिने वित्तिकै बजारले फेरी प्रगतिको लय समात्न थाल्नेछ ।

अहिलेको बाम गठबन्धनको प्रभावले मनोवैज्ञानिक त्रास सेयर बजारमा तत्कालको लागि देखिएता पनि यसले दीर्घकालमा सोचेजस्तो नकारात्मक प्रभाव पार्दैन ।

बजारमा पर्याप्त तरलताको अभाव रहेको नभएता पनि तत्कालको लागि ब्याजदरमा कमी नआएको कारणले पनि बजारलाई थप गति दिन सकेको छैन । यसको साथै बजारमा मागको तुलनामा सेयर आपूर्ति धेरै भएका कारण पनि बजारमा यसको केही नकारात्मक प्रभाव देखिएको हो ।

सेयर बजार कारोबार हुने एकमात्र स्टक एक्सचेन्ज (नेप्से) मा प्रमुख व्यक्तिको नियुक्त हुन नसक्नु सेयर बजारको लागि नकारात्मक प्रभाव हो । जसको सीधा प्रभाव बजारमा परेको छ भन्दा अन्यथा नहोला ।

भोलिका दिनमा बाम एकताको जगमा नेपालमा कम्युनिष्टहरुले सरकार बनाए पनि यसले पूर्णरुपमा बाम अवधारणाहरु प्रतिपादन गर्दैनन् भन्ने कुराको हेक्का जरुरी छ । किनभने हाम्रो संवैधानिक राजनीतिक संरचनाले यसको अनुमति दिदैन । तसर्थ, सेयर बजारका लगानीकर्ताहरु कम्युनिष्टबाट पिरोलिनु एक खालको फोबिया नै हो ।

विश्वस्त हुन के जरुरी छ भने अहिले बजारलाई ह्रासोन्मूख हुने आंशकाको त्रासत मनस्थिति भोलि बजारमा केही सकारात्मक संकेत देखिने संकेतहरु देखिने वित्तिकै बजारले फेरी प्रगतिको लय समात्न थाल्नेछ ।

विशेषगरी यसको लागि बजारमा ब्याजदर केही घट्नु आवश्यक छ । सेयर बजारमा सूचिकृत कम्पनीहरुले गत वर्षको लाभांश धमाधम घोषणा गर्दैछन् । यसको पनि सकारात्मक प्रभाव बजारमा छिट्टै पर्नेछ ।

यसको साथै नेपाल स्टक मार्केटमा स्वच्छ छविका महाप्रवन्धक नियुक्ति र यसको सँगै नेपाल सामूहिक लगानी कोषहरुले आफ्नो पोर्टफोलियोमा केही बृद्धि वा सुधार गर्ने वित्तिकै बजारलाई थप टेवा मिल्ने छ । र, पुनः आफ्नो सकारात्मक गति लिन सुरु गर्ने छ ।

तथापि हालको राजनीति धु्रबिकरण सही अर्थमा सफल भएमा यसले नेपालमा विकासको जग सिर्जना गर्ने कुरालाई नर्कान सकिन्न । लेखक नेपाली पुँजी बजारका जानकार हुन् ।

Publish on: