फेसबुकले ल्यायो ‘म्यासेन्जर किड एप’, बच्चाको लागि नयाँ खतरा: बिज्ञ « Eglish Khabarhub

फेसबुकले ल्यायो ‘म्यासेन्जर किड एप’, बच्चाको लागि नयाँ खतरा: बिज्ञ



काठमाडौं । फेसबुकले बच्चाहरुको लागि भनेर नयाँ च्याटिङ एप ल्याएको छ । ‘म्यासेन्जर किड’ नाम दिइएको यो एप फेसबुकले ६ देखि १३ वर्षका बच्चाहरुले प्रयोग गर्न सक्ने जनाएको छ ।

बच्चाहरुसँग हरेक समय स्मार्टफोन र इन्टरनेटको पहुँच बढ्दै गएकाले सोसल मिडियाका बिभिन्न प्ल्याटफर्महरुले बच्चालाई आर्कषण गर्न सुरु गरेका छन् । हामीले धेरै जसोको स्मार्टफोनमा इन्स्टाग्राम, स्नैपच्याट, यूटुव, वाट्स्याप र फेसबुक जस्ता धेरै सामाजिक सञ्जाल रहेको पाउनेछौँ ।

सामाजिक सञ्जालले तिब्र गतीमा नेपालमा आफ्नो ठाउँ ओगटेको छ । अहिलेसम्म विश्वमा २० करोड बढी मानिसहरु फेसबुक चलाउने गर्छन् । फेसबुकले अब तपाइको साना बच्चाहरुको लागि च्याटिङ एप ल्याउन लागेको हो ।

यो चयाटिङ एपको मुख्य विशेषता भनेको यसमा अभिभावकको कन्ट्रोल रहन। हो । बच्चहरुले आफ्नै इच्छाले न कसैलाई एड गर्न पाउने छन् न कुनै म्यासेज डिलिट गर्न सक्ने छन् । सिर्फ अभिभावकले मात्र यो सब गर्न पाउने छन् । फेसबुकका अनुसार युवाहरुको लागि बनेको म्यासेजर एपको प्रयोग बच्चा र किशोर अवस्थाका बच्चाहरुको लागि राम्रो हुँदैन ।

बच्चाहरुको लागि नयाँ खतरा
हाल यो एप अमेरिकाका बच्चाहरुको लागि मात्र आएको छ । तर, यो एप बिस्तारै फेसबुकले अरु देशहरुलाई पनि उपलब्ध गराइने छ ।
साइबर एक्सपर्टका अनुसार यो एप बच्चाहरुको लागि एउटा नयाँ खतरा हो ।

उनीहरु भन्छन् ‘सुरुमा नै बच्चाहरु आफ्नो गलत उमेर फेसबुकमा राखेर फेसबुक प्रोफाइल चलाउन थालेका छन् । अब झन यसले ६/७ वर्षका बच्चाहरुलाईसमेत च्याटिङको लतमा लगाउने छ । यस्तोमा बच्चाले असल जीन्दगीमा कुरा गर्न र सामाजिक व्यवहार सिकन नसक्ने अबस्था सृजना हुन्छ ।’

साइबर एक्सपटका अनुसार यो फेसबुकको लागि एउटा बिजनेस मात्र हो । किन की उनीहरुको नयाँ प्रयोगकर्ताहरु तयार भैरहेका छन् । यदी फेसबुकले कुनै कथा या कबिताको किताब निकालेको भए त्यो उपयोगी हुने थियो । तर, यस्तो च्याटिङ एप कुनै राम्रो उद्देश्यका साथ ल्याउन नलागिएको साइबर एक्सपट बताउछन् ।

अभिभावकको लागि सहयोगी
मनोवैज्ञानीकहरुको भने यस विषयमा फरक धारणा रहेको छ । उनीहरु भन्छन् ‘यदी हामीले बच्चाहरुलाई आफै ओपन प्लाटफम दियौँ भने बच्चाहरुले लुकेर केही काम गर्नेछैनन् । यो आफ्नो बच्चालाई कुनै फिल्म देखाए जस्तो हो । यदी हामी बच्चाहरुले आफ्नो साथिहरुसँग कस्तो कुरा गर्दै छन् भन्ने कुरा थाहा पायौँ भने उनीहरुको मनोवृद्धिको बारेमा पनि सजिलै थाहा पाउन सक्ने छौँ ।’

तर, यो कामको लागि पहिला आमा बुबा नै आफैं मानसिकरुपमा तयार हुनुपर्ने छ र त्यसपछि मात्र बच्चाहरुलाई प्रयोग गर्न दिनु पर्ने छ । केही गडबड देखिएमा बच्चालाई सजाय दिनु नहुने मनोवैज्ञानिकहरु बताउँने गर्छन् ।

एक रिसर्च सेन्टरका अनुसार हरेक दिन ९२ प्रतिशत किशोर इन्टरनेटको प्रयोग गर्ने गर्छन् । र, उनीहरु मध्ये २४ प्रतिशत किशोर लगातार अनलाइनमा बस्ने गर्छन् ।

डिप्रेशनको समस्या निम्तीने
रिसर्चका अनुसार जो बच्चाहरु सामाजिक सञ्जालमा जति धेरै बेस्थ रहने गर्छन् । त्यस बाहेकको समय उनीहरु त्यतीनै दुखी र एक्लोपन महसुस गर्ने गर्छन् । उनीहरुमा चिन्ता, समाजमा घुलमिल नहुने र डिप्रेशनमा पर्ने जस्ता समस्या देखापर्न सक्छ ।

अमेरिकाको ‘रिस्र्टट लाइफ सेन्टर’ नामक एक पुनउत्थान कोन्द्रले इन्टरनेट र गेमिङ जस्ता कुराको लतमा फसेका मानिसहरुलाई यो लतबाट निकाल्न मदत गर्ने गर्छ । यस्ता रिहेब सेन्टर खुल्नुले पनि संकेत यो गर्छ कि, आउने समयमा बच्चा र किशोरका लागि यो ठूलो समस्याको रुपमा अगाडि आउन सक्छ ।

Publish on: