कुन जिल्लामा कति छन्, सेयरमा लगानी गर्ने महिला ? « Eglish Khabarhub

कुन जिल्लामा कति छन्, सेयरमा लगानी गर्ने महिला ?



काठमाडौं । पछिल्लो समय सेयर बजामा लगानी गर्ने महिलाहरुको संख्या ह्वात्तै बढेको छ । महिला लगानीकर्ताहरुको संख्या बढ्नुको खास प्रष्ट काराण के हो त्यो त लगानीकर्ताहरुलाई नै थाहा होला ।

तथ्यांक हेर्ने हो भने ५ वर्षअघि सेयर बजारमा करिब १ हजार महिलाहरु मात्रै सक्रिय थिए । जुनबेला कूल लगानीकर्ताको संख्या ७ लाख थियो । अहिले १२ लाख सेयर लगानीकर्ता छन्, जसमध्ये ४ लाख ७० हजार महिला लगानीकर्ता छन् ।

सेयरमा लगानी गर्ने महिलाको संख्या अस्वभाविकरुमा बढेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल बताउँछन् ।

‘कारण के हो त म भन्न सक्दिन तर पछिल्ला वर्षहरुमा महिला लगानीकर्ताको संंख्या भने अस्वभाविकरुपमा बढेको देखिन्छ,’ पौडेलले क्लिकमाण्डूसँग भने ।

पछिल्लो समयमा कुन जिल्लाबाट कति महिलाहरु बजारमा छन् ? हामीले यो तथ्यांक सिडिएस एण्ड क्लियरेन्समा दर्ता भएका डिम्याट एकाउन्टबाट निकालेका छौँ ।

सिडीएसको नयाँ तथ्यांकअनुसार डिम्याट एकाउन्ट खोल्ने महिलाहरुको संख्या ४ लाख ६९ हजार ८ सय ५९ छ । सिडीएसमा डिम्याट खाता नखोली सेयर किनबेच गर्न पाइँदैन ।

यस्तै जिल्ला अनुसार हेर्ने हो भने सबैभन्दा बढी काठमाडौं उपत्यकाकै महिलाहरुले डिम्याट खाता खोलेका छन् । उपत्यकाका कुल १ लाख ७६ हजार ८२४ महिला कारोबार बजारमा सामेल रहेको तथ्यांकले देखाउँछ ।

यसपछि दोस्रोमा ललितपुर छ । ललितपुरका ४० हजार १२५ महिलाले डिम्याट खाता खोलेका छन् ।

तेस्रो भक्तपुर छ, भक्तपुरका २७ हजार २८९ महिलाहरु कारोबार गर्छन् ।

त्यस्पछि मोरङ, कास्की, झापा, काभ्रे, चितवन, सुनसरीलगायतका जिल्लामा महिला लगानीकर्ता बढी छन् ।

मोरङका १५ हजार, कास्कीका १४ हजार, झापाका १२ हजार ३५७, काभ्रेका ११ हजार ७९८ महिलाले डिम्याट खाता खोलेका छन् ।

चितवनका १० हजार ५८९ र सुनसरीका १० हजार ८५९ महिलाले डिम्याट खाता खोलेका छन् ।

त्यस्तै, रसुवाका १२ हजार ४५४, रुपन्देहीका ८ हजार ९९५, दोलखाका ८ हजार २४८, नुवाकोटका ६ हजार ९५६, मकवानपुरका ६ हजार १६१, इलामका ६ हजार २८१ र पर्साका ५ हजार ४६२ महिलाले डिम्याट खाता खोलेका छन् ।

धादिङका ५ हजार १५७, गोर्खाका ४ हजार ९८, स्याङजाका ४ हजाार ७३१, सिन्धुपाल्चोकका ४ हजार २५२, तनहुँका ३ हजार ८९४, लम्जुङका ४ हजार ३९० र नवलपरासीका ३ हजार ५९७ महिलाले डिम्याट खाता खोलेको तथ्यांक छ ।

त्यसैगरी, रामेछापका ३ हजार २४२, गुल्मीका ३ हजार ८५, बाराका २ हजार ९३५, धनुसाका २ हजार ८८४, दाङका २ हजार ७२९, सर्लाहीका २ हजार ६३९, पवर्तका २ हजार ६७० महिलाले डिम्याट एकाउन्ट खोलेका छन् ।

पाल्पाका २ हजार ७७६, कैलालीका २ हजार ४८५, अर्घखाँचीका २ हजार ५२९, बाँकेका २ हजार ३९५, बागलुङका २ हजार ३९५, सप्तरीका १ हजार ७२३ महिलाले डिम्याट खाता खोलेका छन् ।

ओखलढुङगाको २ हजार १०४, सिन्धुलीका २ हजार ११५, कञ्चनपुरुका १ हजार ६९२ महिला, उदयपुरका १ हजार ८३२, महोत्तरीका १ हजार ५३५, रौतहटका १ हजार ४१९, सिरहाका १ हजार २५८, पाँचथरका १ हजार ७६६, खोटाङका १ हजार ४३०, कपिलबस्तुका १ हजार २३७ र बर्दियाका १ हजार ९७ महिलाको डिम्याट खाता छ ।

त्यस्तै, भोजपुरका १ हजार २५१, धनकुटनका १ हजार २२१, प्यूठानका ९४८, संखुवासभाका १ हजार ५२, सोलुखुम्बुका ९२९, ताप्लेजुङका ९४८, बैतडीका ४५७, म्याग्दीका, तेह्रथुमका ७१८, दैलेखका ३६०, दार्चुलाका ३७६, अछामका ३०७ र सल्यानका ३०९ महिलाको डिम्याट खाता छ ।

डडेलधुराका २५१ महिला, रुकुमका ३४८, बझाङका २१६, रोल्पाका २०९, डोटीका २१५, जुम्लाका १४५, जाजरकोटका १४२, बाजुराका ९५, कैलालीका ७४, हुम्लाका ८७, मुस्ताङका ११२ र मनाङका ८३ महिलाको डिम्याट एकाउन्ट छ ।

त्यस्तै, मुगुका ४४ र डोल्पाका सबैभन्दा कम ४३ जना महिलाले मात्रै डिम्याट खाता खोलेका छन् ।

Publish on: