काठमाडौं । केपी ओली नेतृत्वको सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणकै क्रममा केरुङ–रसुवागढी रेलमार्ग निर्माणमा समेत सम्झौता गरिसकेका छन् ।
उत्तरी छिमेकी देश चीनबाट काठमाडौंसम्म जोड्ने रेलमार्गको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणको क्रममा एक खालको सहमति भएको छ ।
यस्तै रक्सोल–काठमाडौँ जोड्ने रेलमार्गको अध्ययन भइरहेको छ । यस्तै पूर्व–पश्चिम रेलमार्गको विषयमा समेत अध्ययनको प्रक्रिया जारी रहेको छ । यी त देखिने काम भए तर नेपालमा पछिल्लो पटक रेलमार्गको जे जति चर्चा भएको छ त्यो भन्दा बढी चर्चा जनशक्तिको बारेमा हुनुपर्ने थियो, त्यो भने हुन सकेको छैन ।
रेलमार्ग निर्माण एउटा प्राविधिक र जटिल काम हो । तर, नेपालमा दक्ष जनशक्तिको भने अभाव रहेकोे छ । रेलमार्ग निर्माण गर्ने गर्छु भने मात्रै पनि नहुने अवस्था आएको छ।
जनशक्ति अभावकै कारण रेलमार्ग निर्माणमा सोचेजति प्रगति हुने अवस्था छैन । रेलमार्ग निर्माणमा जस्तै रेल चलाउन पनि प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ ।
के नेपालमा रेलमार्ग निर्माणका लागि दक्ष जनशक्ति छन् कि छैनन् छ ? प्रश्न गहन् एवं महत्वपूर्ण रहेको छ । रेल विभागका प्रवक्ता समेत प्रकाशभक्त उपाध्यायका विचार भने यस्तो रहेको छ ।
१ प्रथमतः इन्जिनियर भनेको विज्ञानको ज्ञान भएको र सोको प्रयोगात्मक रुपमा प्रयोग गर्ने जानकार योग्यता भएको विज्ञलाई भनिन्छ ।
२ इन्जिनियरिङको बिबिध विधा मध्ये रेलमार्ग इन्जिनियरिङ पनि पर्छ ।
३ तर, रेलमागर्ग इन्जिनियरिङको छुट्टै बिधा छैन । यसमा मिश्रण इन्जिनियरिङको विज्ञताको आवश्यकता पर्दछ । जस्तै, रेलमार्गको निर्माण गर्ने प्रयोजनक लागि सिभिल इन्जिनियरिङको विधा भित्रको शाखाको रुपमा रहेको रेलमार्ग इन्जिनियरिङको सिभिल इन्जिनियरिङ, ट्रयाकको लागि मेकानिकल ईन्जिनियरिङ, बिद्युत प्रसारणको लागि इलेक्ट्रिकल इन्जिनियरिङ्, सिग्नलको लागि, स्टेशन निर्माणको लागि, स्टेशन सञ्चालन एव प्रवद्र्धनको लागि, रेल ट्राफिक व्यवस्थापनको लागि र अन्य बाधा पनि छन् ।
४ विभिन्न विधाका इन्जिनियरहरुको संयुक्त रुपमै समग्रमा रेलमार्ग इन्जिनियरिङ हो ।
५ रेलमार्ग इन्जिनियरिङको छुट्टै बिधा यद्यपी छ र छैन पनि । सिभिल इन्जिनियरिङ भित्र रहेको एउटा सानो पढाईलाई मात्रै रेलमार्ग इन्जिनियरिङ भन्न मिल्दैन होला ।
६ माथी उल्लेखित सिभल बाहेकका अन्य इन्जिनियरिङ विधा बाहेक रेलमार्ग इन्जिनियरिङ पूर्ण हुने छैन ।
७ यसकारण, नेपालमा रेलमार्ग इन्जिनियर छैनन् भन्ने कथन र रोईलो बेकार हो ।
८ इन्जिनियरिङ विधाको संयुक्त प्रयास नै रेलमार्ग इन्जिनियरिङ हो ।
रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायको फेसबुकबाट साभार
SHARE YOUR THOUGHTS