काठमाडौं । विश्वकप शुरु हुनु भन्दा केही दिन अघिदेखि नेपालमा अर्जेन्टिनाको पक्षमा माहौल तात्यो । हरेक चोक, गल्ली, चियापसलदेखि भट्टी पसलसम्म अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीको जादूको चर्चा चल्यो ।
मेस्सीको १० नम्बर अंकित जर्सीधारीहरु जतात्यतै भेटिन थाले । विश्वकप शुरु भएपछि यो क्रम झन् बढ्यो ।
तर, मेस्सीको अर्जेन्टिना आम समर्थकहरुलाई खिन्न बनाउँदै विश्वकपको ८ वटा टिममा छनोट हुन नसकी घर फर्कियो ।
यसपटकको विश्वकप छनोटमा भएका खेलमा मेस्सीले जादू देखाउन सकेनन् । शिकार गर्न निस्किएर रित्तो हात फर्किएको शिकारी झैं भएर घर फर्किन बाध्य भए, मेस्सी ।
मेस्सीले क्लबमा फुटबल खेल्दा जादू देखाएझैं खतिवडाले पनि गभर्नर हुँदा त्यस्तै जादु देखाएको धेरैको विश्लेषण थियो ।
र, अब संभवत मेस्सीले अर्को विश्वकप खेल्ने छैनन् । उमेरका कारण सन् २०२२ मा हुने विश्वकका लागि उनी अयोग्य हुँदैछन् ।
फुटबलको दुनियाँमा मेस्सी जति लोकप्रिय हुन्, नेपाली अर्थतन्त्रका लागि त्यो भन्दा बढी लोकप्रिय र भरोसाका केन्द्र हुन् अर्थमन्त्री डा. युवराज खतिवडा ।
रोनाल्डोको जस्तो हाइट र नेयमारको जस्तो जिद्दि गर्ने शैली भएका खतिवडालाई काम गर्ने शैली भने मेस्सीको जस्तो चमत्कारिक भएको विश्लेषण गरिन्थ्यो ।
मेस्सीले क्लबमा फुटबल खेल्दा जादू देखाएझैं खतिवडाले पनि गभर्नर हुँदा त्यस्तै जादु देखाएको धेरैको विश्लेषण थियो ।
यो पटक नेपाली अर्थतन्त्रमा गोल हानेर आर्थिक सम्मृद्धिको ट्रफी चुम्न सकेनन् भने मेस्सीको झैं गरी डा. खतिवडाले पनि भावी दिनमा गोल हान्ने अबसर पाउने छैनन् ।
नेपाली अर्थतन्त्रमा मेस्सी मानिने उनै खतिवडालाई प्रधानमन्त्री केपी ओलीले गत फागुन १४ गते अर्थमन्त्रीमा नियुक्त गरेका थिए ।
अर्थमन्त्रीमा खतिवडालाई नियुक्ति गरेकोमा सरोकारवालाहरुले असीमित खुसी व्यक्त गरे । सामाजिक सञ्जालका भित्ताहरु बल्ल देशले जरैदेखि अर्थतन्त्र बुझेको अर्थमन्त्री पाएको भन्दै छताछुल्ल खुसीयाली देखिन्थ्यो ।
लामो समयदेखि सही ट्र्याकमा हिँड्न नसकेको नेपाली अर्थतन्त्रलाई खतिवडाले सही ट्र्याकमा ल्याउने विश्वास र भरोसा गरिएको थियो । मेस्सीले अर्जेन्टिनालाई विश्वकप चुमाउने भरोसा जस्तै ।
पहिलो ३ महिना असीमित लोकप्रिय बनेका अर्थमन्त्री खतिवडाको लोकप्रियता पछिल्लो एक/डेढ महिनायता खस्किँदो छ । गेम हारेका मेस्सीको झैं गरी ।
जसरी, मेस्सीले विश्वकपका लागि भएका खेलहरुमा चमत्कारिक रुपमा गोल हान्न सकेनन् । र, हार ब्यहोरे ।
सत्तापक्षकै नेता-कार्यकर्ताहरु ‘खतिवडालाई अर्थमन्त्री बनाएर गल्ती भएछ’ भन्दै पश्चाताप गरिरहेका छन् ।
त्यस्तै, अर्थमन्त्री खतिवडाले पनि बजेटमा ‘समाजवादी गोल’ हान्न नसकेर हार ब्यहोरिसकेका छन् ।
डा. खतिवडाले गत जेठ १५ गते ल्याएको बजेटले ‘पोलिसी डिपार्चर’ गर्छ भन्ने धेरैको विश्वास थियो । तर, खतिवडाको बजेटले कुनै प्रकारको पोलिसी डिपार्चर गरेन ।
नेपालमा अहिलेसम्म बामपन्थी शक्तिहरुले यतिको सुविधाजनक बहुमत पाएका थिएनन् । त्यसैले ‘हामीले चाहेर पनि काम गर्न सकेनौं’ भन्दै आएका थिए । यो पटक जनताले बामपन्थी शक्तिलाई झण्डै दुइतिहाइको बहुमत दिए ।
सरकारले समाजबादी गोल हान्छ भन्नेमा आम जनता विश्वस्त थिए । खासगरी सरकारप्रति गरिब र मध्यम वर्गको ठूलो आशा र भरोसा थियो ।
तर, बाम गठबन्धनले चुनाबी घोषणापत्रमा उल्लेख गरेको ५ हजार रुपैयाँ बृद्धभत्ता पनि दिएनन् अर्थमन्त्रीले । त्यतिमात्रै होइन, उनले गरिबले खाने नूडल्समा १०० प्रतिशतले अन्तशुल्क बढाइदिए । जागिर खाने मध्यम वर्गलाई आय करको ‘किक’ हानेर थला पारिदिए ।
संसारका अधिकांस देशले मदिराजन्य पदार्थमा हार्ड ड्रिङ्स (ह्वीस्की) लाई भन्दा सफ्ट ड्रिङ्स (बियर) लाई अन्तशुल्कमा केही खुकुलो नीति लिएको देखिन्छ । त्यसको अर्थ हो आफ्ना नागरिकलाई बढी अल्कोहल भएको हार्ड ड्रिङ्स पिउन निरुत्साहित गर्नु र मदिरा नै पिउने भए कम अल्कोहल भएको सफ्ट ड्रिङ्स पिउन प्रोत्साहन गर्नु ।
नेयमार लड्दा पनि जब रेफ्रिले अर्को टिमका खेलाडीलाई कुनै कारबाही गर्दैनन् तब जुरुक्क उठेर मैदानमा दौडिन्छन् । खतिवडाको काम गर्ने रणनीति पनि यस्तै छ ।
तर, अर्थमन्त्री खतिवडाले बढी अल्कोहल भएको हार्ड ड्रिङ्समा भन्दा कम अल्कोहल भएको सफ्ट ड्रिङ्समा धेरै अन्तशुल्क लगाइदिए ।
अर्थतन्त्रको ऐना मानिने सेयर बजारप्रति लगातार नकारात्मक अभिव्यक्ति दिएर बजार ओरालो झार्नमा ठूलै योगदान गरे खतिवडाले ।
त्यतिमात्रै होइन, बोनस र हकप्रद सेयरको अंकित मूल्य १०० रुपैयाँलाई आधार मानेर सोभन्दा माथिको कारोबारमा साढे ७ प्रतिशत पुँजीगत लाभकर लगाइदिए । तर, महालेखा परीक्षकले सेयर ब्रोकरको कमिशनमा लिनु भनेको भ्याट लिएनन् । सेयर ब्रोकरको कमिशनमा भ्याट नलगाउँदा राज्यले करिब १ अर्ब रुपैयाँ गुमायो ।
अर्थमन्त्रीले मध्यम वर्गलाई करमा पेल्नुसम्म पेले । तर, उच्च धनाड्य वर्ग र कर्पोरेटलाई भने पेलेनन् । बरु विभिन्न बहानामा सहुलियत र कर छुट दिए ।
समाजबादको सिद्धान्तअनुसार धनीबाट बढीभन्दा बढी कर लिएर जम्मा भएको रकम गरिबहरुको विकासका लागि खर्च गर्नु हो । तर, बामपन्थी अर्थमन्त्रीले त्यसो गरेनन् । जसकारण मध्यमवर्ग उनीसँग रिसले चुर भएको छ भने गरिब बर्गले आशा गर्न छाडिदिएको छ ।
खतिवडाले ल्याएको बजेटमा प्रतिपक्षी कांग्रेसका नेता तथा सांसदहरुले भन्दा बढी तिखो आलोचना सत्ताधारी नेकपाकै नेता तथा सांसदहरुले गरिरहेका छन् ।
अर्थमन्त्री खतिवडाले भने अहिले अलोकप्रिय देखिए पनि २ वर्षपछि आफ्नो बजेट लोकप्रिय देखिने भन्दै नेतृत्वलाई कन्भिन्स गर्न खोजिरहेका छन् ।
तर सत्तापक्षकै नेता-कार्यकर्ताहरु ‘खतिवडालाई अर्थमन्त्री बनाएर गल्ती भएछ’ भन्दै पश्चाताप गरिरहेका छन् ।
ओली सरकारका मन्त्रीहरुले अहिलेसम्म गोल हान्न सकेका छैनन् । अर्थात् जनताले परिवर्तनको महशुस हुने गरी काम गर्न सकेका छैनन् । जसले ओली सरकार अर्जेन्टिना जस्तै लोकप्रिय तर उपाधि चुम्न असफल हुनसक्ने संकेत देखिएको छ ।
र, अर्कोकुरा खतिवडाले अर्थमन्त्री हुने बित्तिकै मुलुकमा आर्थिक अनुशासन नभएको टिप्पणी गरेका थिए ।
तर, आफू अर्थमन्त्री भएको ४ महिना बित्दा आर्थिक अनुशासन कायम गर्नका लागि देखिने गरी कुनै काम गरेका छैनन् ।
जसरी मेस्सी यो विश्वकपमा खेल्दा अरु खेलाडीभन्दा फरक हुन सकेनन् । त्यसैगरी अर्थमन्त्री खतिवडा पनि बिगतका अर्थमन्त्रीहरु भन्दा फरक देखिएनन् । यद्यपि उनी आफूलाई अरुभन्दा नितान्त फरक दाबी भने गरिनै रहन्छन् ।
खतिवडाले मुलुकको ढुकुटी रित्तो भएको दाबी गर्दै श्वेतपत्र सार्वजानिक गरेका थिए । त्यसको एक सातामै अर्थ मन्त्रालयले अंग्रेजी दैनिक पत्रिकामा बिज्ञप्ती नै छापेर ढुकुटी रित्तो नभएको प्रष्ट पार्यो ।
राष्ट्र बैंकको गभर्नर हुँदा पनि डा खतिवडाले आफूलाई मन लागेपछि नीति/निर्देशन ल्याइहाल्थे । र, जिद्दि गर्थे । अनि चौतर्फि तीब्रं आलोचना भएपछि निर्णयबाट ब्याक हुन्थे ।
खतिवडाको यो शैली भने ब्राजिलका खेलाडी नेयमारको जस्तै छ । नेयरमार आफूलाई अनुकुल रहुञ्जेल बल लिएर दौडिन्छन्, प्रतिकुल भए मैदानमा ढलिदिन्छन् । र, मर्नै लागेजसो गरिदिन्छन् । आफ्नो प्रतिद्वन्दीलाई रेफ्रिले पहेँलो कार्ड दिइहाल्छ कि भनेर नेयमारले यस्तो रणनीति अपनाएका हुन् भन्ने विश्लेषण गरिन्छ ।
नेयमार लड्दा पनि जब रेफ्रिले अर्को टिमका खेलाडीलाई कुनै कारबाही गर्दैनन् तब जुरुक्क उठेर मैदानमा दौडिन्छन् । खतिवडाको काम गर्ने रणनीति पनि यस्तै छ ।
रोनाल्डोसँग भने खतिवडाको बढी मिल्ने गुण हाइट र चर्चा मात्रै हो ।
गत निर्वाचनका बेला तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका उम्मेद्वार रबिन्द्र मिश्रलाई लक्षित गर्दै ‘मेस्सी खेलिरहेको ठाउँमा केटाकेटी आएर बल कस्तो हुँदोरहेछ, खै खै हामी पनि छोइहेरुँ’ भनेर चुनाब लड्न आएको टिप्पणी गरेका थिए ।
ओलीले आफूहरु राजनीतिका मेस्सी र रविन्द्र मिश्रहरुलाई केटाकेटीको संज्ञा दिएका थिए । ओलीको पार्टी र गठबन्धनले चुनाब जित्यो । सरकार पनि बनायो । मेस्सी जस्ता स्ट्राइकर मन्त्रीहरु पनि बनाए ।
तर, अहँ ओली सरकारका मन्त्रीहरुले अहिलेसम्म गोल हान्न सकेका छैनन् । अर्थात् जनताले परिवर्तनको महशुस हुने गरी काम गर्न सकेका छैनन् । जसले ओली सरकार अर्जेन्टिना जस्तै लोकप्रिय तर उपाधि चुम्न असफल हुनसक्ने संकेत देखिएको छ ।
जसरी विश्वकपको उपाधि चुम्न असफल भएका मेस्सीले उमेरको अयोग्यताका कारण आगामी विश्वकप खेल्न पाउने संभावना कम छ । त्यसैगरी, यो पटक नेपाली अर्थतन्त्रमा गोल हानेर आर्थिक सम्मृद्धिको ट्रफी चुम्न सकेनन् भने मेस्सीको झैं गरी डा. खतिवडाले पनि भावी दिनमा गोल हान्ने अबसर पाउने छैनन् ।
SHARE YOUR THOUGHTS