काठमाडौं । सरकारले सधै जस्तो भन्दै आएको एउटै वाक्य हो- नेपालमा यो लगानी गर्ने उचित सयम हो । लगानी गर्नेको सरकारले सुरक्षा दिन्छ । लगानी मैत्री वातावरण सिर्जना भएको छ । लगानी गर्न चाहानेका लागि कुनै समइा छैन ।
सरकारले यसो भन्दै गर्दा फेरि स्वेदशी लगानी गर्दै आएका व्यावसायी पनि ढुक्क भएर लगानी गर्न सकिरहेका छैनन् ।
स-साना लगानी गरेर पेसा व्यवसाय गर्दै आएका व्यावसायी माथि सरकारले धरकपड गरिरहेको छ । जसका कारण पनि विदेशी लगानी कर्ता लगानी गनए संशकित भएका छन् ।
एक दशकअघि जलविद्युत् आयोजनामा लगानी गर्न अमेरिकी कम्पनी ‘एईएस’ले स्न २००८ मा प्रक्रिया पनि अगाडि बढ्यो। एईएसले आफ्नै पुँजी लगानीमा विद्युत् उत्पादन गर्ने वित्तीय प्रस्ताव सरकारलाई बुझाएको थियो ।
तर, ऊर्जा प्रशासनले यसरी दुःख दियो कि एईएस हैरान भएर नेपालबाट फिर्ता हुने अप्रिय निर्णय लिन बाध्य भयो। अहिले त्यो कम्पनीले भियतनामलगायत मुलुकमा पुगेर ठूला जलविद्युत् परियोजनामा लगानी गरिरहेको छ ।
यसैगरी नेपालमा सिमेन्टको माग बढेसँगै विदेशी लगानी कर्ता उत्साही हुँदै लगानी गर्न तयार भए । सिमेन्ट उद्योगमा ४० अर्ब लगानी भित्याउन कस्सिएको भारतीय कम्पनी रिलायन्सले ‘ब्रान्ड नेम’ नपाउने अवस्था आएपछि लगानी गर्न पछाडि हट्यो ।
यी प्रतिनिधि घटना मात्रै हो । विदेशी लगानी भित्याउन नीतिगत झन्झट सबैभन्दा प्रमुख समस्या हो । मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भएको छ । देशले स्थिर सरकार पाएको छ ।
तर, लगानी कर्ताले नेपालमा लगानी गर्दां आर्जको सम्पति लैजान समस्याले पनि उनीहरु उच्किरहेका छन् । नेपालमा लगानी गरेर गरेको आम्दानी विदेश लैजान त्यति हिज छैन ।
सरकारले विदेशी लगानी भित्याउन आवश्यक समान्य कामको पनि सहजीकरण गर्ने काम गर्न सकेको छैनन् । नेपालमा कुनै पनि विदेशीले लगानी भित्याउन दर्जनौं अवरोध पार गर्नुपर्छ ।
विदेशी लगानी भित्याउन नीतिगत झन्झट प्रमुख समस्याका रूपमा रहेको व्यावसायीहरु बताउँछन् । नेपालमा विदेशी लगानीका लागि जहिल्यै एउटै समस्या देखियो छ ।
त्यो हो सुशासन । विदेशी नेपालमा लगानी गर्न चाहान्छन् तर राज्य लगानीको वातावरण बनाउन चुकिरहेको छ । सरकारका मन्त्री तथा कर्मचारीले लगानी भित्याउने भाषण गर्दै हिँडे पनि व्यवहारमा लगानीमैत्री वातावरण बनाउन सकेको छैन । नेपालको प्रशासनिक संयन्त्र नै विदेशी लगानीका लागि प्रमुख बाधकका बनेको छ ।
विदेशी लगानीकर्ता नेपालमा लगानीको योजनासहित आउँदा धेरै समस्या व्यहोर्नुपर्ने पर्ने कानुनी अवस्था छ । अर्को प्रमुख समस्या हाम्रा कर्मचारी तन्त्र हो । कर्मचारीतन्त्रकै कारण विदेशी लगानीकर्ता पहिलो चरणमै हतोत्साहित हुने गरेका छन् ।
सरकार तथा मन्त्रीले नेपाल लगानीयुक्त ठाउँ हो भन्दै गर्दा पनि अहिलेसम्म करिब २ खर्ब रुपैयाँ भन्दा बढी विदेशी लगानी नभित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
कानुन पनि उद्योग व्यवसाय सञ्चालनका लागि बाधकका बनेको उद्योगीहरु बताउँछन् ।प्रशासनिक झन्झट, भ्रष्ट कर्मचारीतन्त्र, अव्यावहारिक नीति, स्थानीय अवरोध, राजनीतिक अस्थिरता, अन्तरनिकाय समन्वयको अभाव, प्रतिफलको अनिश्चितता, लगानी सुरक्षाको अभावलगायत दर्जनौं समस्या लगानीको बाधक बनिरहेका छन् ।
नेपालमा सरकारले लगानीका लागि सहजीकरण होइन, अवरोध नै खडा गरेर बसिरहेजस्तो अनुभव लगानीकर्ताले गरिरहेका छन् । जुन मुलुकमा लगानीको वातावरण राम्रो छ, लगानी पनि त्यतैतिर ओइरिन्छ ।
लगानी गर्नेले नाफा कमाउन पनि खोज्छ, लगानीको सुनिश्चितता पनि चाहन्छ । तर, नेपालको कर्मचारीतन्त्र र राजनीतिक दल व्यवसायीले कमाएर खाएको देख्नै सक्दैनन् । लगानी गरेर पैसा कमाउन नभ्याउँदै मुनाफाको हिसाब गरेर भाग बुझाइ सक्नुपर्छ ।
SHARE YOUR THOUGHTS