जेफ बेजोस कसरी विश्वका धनी व्यक्ति बने ? « Eglish Khabarhub

जेफ बेजोस कसरी विश्वका धनी व्यक्ति बने ?



काठमाण्डौ । आधुनिक इतिहासका धनी व्यक्ति जेफ बेजोस अमेजनका मालिक हुन् । अमेजन शुरु गर्नु अगाडि नै उनले कम्प्युटर तथा मोबाईलमा एक क्लिक गरेकै भरमा घरमा सामान पुग्ने कल्पना गरेका थिए ।

अमेजन जस्ता अनलाईन सपिङ प्लेटफर्म खुल्न थालेपछि अन्य पसलको अस्थित्व खतरामापनि परेको छ ।

सन् १९९४ मा स्थापना भएको अमेजन अब दुनियाँकै पहिलो खर्ब डलरको कम्पनी बन्ने दौडमा छ । कुनै समय पुराना किताब मात्रै बेच्ने यो कम्पनी अब हरेक सामान बेच्ने गर्छ ।

बेजोस अहिले दुनियाँको धनी व्यक्ति भएर मात्रै सन्तुष्ट छैनन् । उनी भविष्यमा अन्तरिक्षसम्मको यात्रा गर्ने कल्पना गर्छन् । सन् २०१३ मा वाशिङ्टन पोष्ट खरिद गरेको अमेजनले सन् २००४ मा ब्लू ओरिजिन नामक एअरस्पेस फर्म फनि स्थापना गरिसकेको छ । आगामी वर्ष यो कम्पनी अन्तरिक्ष यात्राको टिकट पनि बेच्ने योजनामा छ ।

न्यू मेक्सिकोमा सन् १९६४ मा जन्मेका जेफले हाई स्कुलको बिदाई समारोहमा अन्तरिक्षमा कोलनी बनाउने कल्पना गरेका थिए । सन् १९८६ प्रिस्टन विश्वविद्यालयमाबाट इलेक्ट्रिकल इञ्जिनियरिङ ब्याच्लर इन साइन्सको डिग्री लिएका जेफले केही समय फाईनान्स कम्पनीमा पनि काम गरेका थिए ।

जेफले अमेजनको शुरुवात ग्यारेजबाट पुराना किताब बेचेर गरेका थिए । सन् १९९५ मा सार्वजनिक भएको अमेजनले एक महिनामा अमेरिकाका ५० राज्य र ४५ वटा देशबाट अर्डर लिएको थियो ।

स्थापनाको पहिलो पाँच वर्षमा अमेजनका ग्राहकको संख्या १ लाख ८० हजारबाट बढेर एक करोड १७ लाख पुगेको थियो । यही अवधिमा अमेजनको बिक्री पनि ५ लाख ११ हजार डलरबाट बढेर १.६ अर्ब डलर पुगेको थियो ।

अमेजनको बढ्दो लोकप्रियता र व्यापार देखेर सन् १९९९ मा टाईम म्यागेजिनले जेफलाई किङ अफ साईबर कमर्स भनेको थियो ।

अमेजनमा अहिले ५ लाख ७५ हजार कर्मचारी काम गर्छन् । यस बाहेक अमेजन हजारांै थर्ड पार्टी कारोबारीलाई लजिस्टिक, भण्डारण, ऋण र बिक्रीको सुविधा दिन्छ ।

यति हुँदा हुँदैपनि अमेजनमाथि बजारमा एकाधिर जमाएको कर चुक्ता नगरेको र श्रम कानून पालना नगरेको आरोपपनि लाग्ने गरेको छ ।
(बीबीसी हिन्दीको सहयोगमा)

Publish on: