४० लाख फिरौती माग्ने २ अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए « Eglish Khabarhub

४० लाख फिरौती माग्ने २ अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिए



काठमाडौं । काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको खोजतलासमा जुटेको प्रहरी टोली र अपहरणकारीबीच सोमबार दिउँसो मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार प्रहरी टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । अपहरणकारी अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र मोबाइल बरामद भएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

यता, आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११ वर्ष वर्षीय बालक निशान खड्काको शव फेला परेको छ ।

ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले पुष्टी गरेको छ ।

अपहरणकारीले ४० लाख रूपैयाँ फिरौती माग गरेको पारिवारिक श्रोतले जनाएको छ । सिन्धुपाल्चोककी चमेली खड्काका छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका थिए ।

Publish on: