
काठमाडौँ । लिखुखोला जलविद्युत परियोजनाका प्रभावितहरुले राजधानीमा वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै परियोजनाले आफ्ना माग पूरा नगरेको भन्दै तीब्र आक्रोश व्यक्त गरेका छन् ।
उक्त छलफलबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले निर्माण कम्पनि एमभी दुगडको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै स्थानीय सरोकारवाला, पीडितहरु कडा संघर्षमा जाने निर्णय समेत गरेक छन् ।
उनीहरुले संघर्षको लागि भन्दै समन्यव समिति गठन गरेका छन् । युवा नेता एवम् समाजसेवी शुभराम बस्नेतको संयोजकत्वमा २५ सदस्यीय समन्वय समिति गठन गरेको यस अभियान मुख्य अभियन्ता युवा सनाजसेवी सरोज बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार छलफलले हाईड्रोपावर निर्माण कम्पनीले स्थानीयलाई ज्याजती गरी अधिकारबाट बन्चित गरेको निष्कर्ष निकालिएको छ ।
निर्माण कम्पनि एमभी दुगडले स्थानीयको मागलाई कुनै चासो नदिएपछि कम्पनि कै विरुद्धमा कडा रुपमा प्रस्तुत हुन स्थानीय सरोकारवाला, पीडितहरु सम्मेलित २५ सदस्यीय समिति गठन गरिएको बताइएको छ । उक्त समितिले आगामी असोज ६ गते रामेछापको उमाकुन्ड–१ ठाडो खोलामा बृहत् भेला गर्ने निर्णय गरेको छ ।
सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले पटक९पटक सम्बन्धि निकाय ज्ञापनपत्र बुझाए पनि सम्बन्धि पक्षले चासो नदिएको बस्नेतले जानकारी दिए ।
उक्त छलफल कार्यक्रम नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री बलबहादुर केसीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो।
स्थानीय सरोकारवाला, पीडितहरुले सडक निर्माण गर्दा डीपीआर अनुसार गरिनुपर्ने, परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई योग्यता अनुसार आवश्यक रोजगारी दिनुपर्ने, स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार सहित ५० शैयाको अस्पताल निर्माण गर्नुपर्ने, समाजिक वातावरणमा देखिएको विकृतिको अन्त्य गर्नुपर्ने, जग्गाको मूल्य पारदर्शी र जग्गाको प्रकृति हेरी समयानुकूल हुनुपर्ने लगायतकाले २२ बुँदे मागहरु अघि सार्दै आएका छन् ।

प्रतिक्रिया