काठमाण्डौ । रसुवाको कालिका गाँउपालिका–४ अम्बासमा गएराति टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।
बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका–३ का ४० वर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।
यता, सुर्खेतको सिम्ता गाँउपालिका–६ जामुनेमा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सिम्ता–४ बजेडिचौरका ३५ वर्षीय कर्ण मल्ल रहेका छन् ।
उनको घटनास्थलमा नै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बादेपिपलका अनुसार गएराति साढे ९ बजे भे६प २२३१ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
SHARE YOUR THOUGHTS