काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अभावको समस्या ज्यूँकात्यूँ रहेको छ । आर्थिक वर्षको ६ महिना वित्दा पनि बैंकिङ प्रणालीमा तरलता सहज हुन नसकेको हो ।
बैंकहरुले निक्षेपभन्दा कर्जा बढी दिएका कारण चालू आर्थिक वर्षको शुरुदेखि नै बैंकिङ प्रणालीले थप कर्जायोग्य पुँजीको अभावको समस्या झेल्दै आएको थियो ।
चालू आर्थिक वर्षको ६ महिनामा बैंकहरुले १ खर्ब ४५ अर्ब रुपैयाँले निक्षेप बढाएका छन् । तर, यही अवधिमा २ खर्ब ५७ अर्ब रुपैयाँले कर्जा बढाएका छन् ।
राष्ट्र बैंकका अनुसार यही माघ ४ गतेसम्ममा अहिले वाणिज्य बैंकहरुले कूल २६ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जबकी ०७५ असार मसान्तमा बैंकहरुले २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २१ खर्ब ११ खर्ब रुपैयाँ ऋण दिएका थिए ।
बैंकहरुले पछिललो ५ हप्तामा ३४ अर्ब रुपैयाँले निक्षेप संकलन गरेर ४९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् । पपछल्लो एक हप्ताको मात्रै तथ्यांक हेर्ने हो भने निक्षेप एक अर्बले घटेको छ भने कर्जा स्थिर छ ।
यो तथ्यांकले बैंकहरु टाइट सीसीडी रेसियोमा बसेर काम गरिरहेका छन् । बैंकहरुको औषत सीसीडी रेसियो ७७/७८ प्रतिशत देखिए पनि केही बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि छ । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तमा ७ वटा बैंकको सीसीडी ८० प्रतिशतभन्दा माथि थियो ।
त्यसअघि राष्ट्र बैंकले सीसीडी ८० प्रतिशतभन्दा माथि हुने बैंकलाई कारबाही गरेको थियो । राष्ट्र बैंकको कारबाहीमा परेपछि केही बैंकले बैंकर्स संघको भद्र सहमति तोडेर महंगो ब्याजदरमा निक्षेप संकलन गरेका थिए ।
पछि फेरि राष्ट्र बैंककै पहलमा बैंकर्स संकले ब्याजदरमा भद्र सहमति गरेको छ ।
‘सरकारले खर्च गर्न सकेको भए बैंकमा पैसा हुन्थ्यो । स्थिर र दुइतिहाइको सरकार छ खर्च गर्छ भन्ने विश्वास गरेर बैंकहरु आर्थिक वर्षको शुरुदेखि नै अलि बढी एग्रेसिभ भए । तर, सरकारले खर्च गर्न सकेन ।’ एक बैंकरले क्लिकमाण्डूसँग भने, ‘जसकारण बैंकहरु अझै समस्यैसमस्याबाट गुज्रिरहेका छन् ।’
SHARE YOUR THOUGHTS