रिजर्ब बैंक अफ इन्डिया(आरबिआई)ले ब्याजदर घटाएको छ । आरबिआईको मौद्रिक नीति समिति(एमपीसी)ले रिपो रेट ०.्र२५ प्रतिशतले घटाएको हो । आरबिआईको गभर्नर शशिकान्त दास आएपछि ब्याजदर पहिलो पटक घटेको हो ।
रिपो रेट ६.५० प्रतिशतबाट घटाएर ६.२५ प्रतिशत पुर्याइएको छ ,।
आरबिआईको एमपीसीमा रहेका ६ सदस्य मध्ये चारजनाले रिपोरेट घटाउने पक्षमा समर्थन थिएका थिए । तर,बिरल आचार्य र चेतन घाटे रेट घटाउनेको पक्षमा नरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
रिपोरेटको ब्याजदर घटेसँगै उपभोक्ताले पाउने ऋणको ब्याजदर सस्तो हुने छ । आरबिआईबाट मिल्ने फण्ड सस्तो ब्याजदरमा पाएसँगै ब्याजदर घट्ने भारतीय संचारमाध्यमको दाबी छ ।
योसाता राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा गर्दै छ । व्यवसायीहरु ब्याजदर बढी भएको भन्दै आन्दोलनमा उत्रेका छन् । राष्ट्र बैंकले बुधबार आयोजना गरेको सुझाव कार्यक्रममा धेरै व्यवसायीले ब्याजदरमा हस्तक्षेप गर्न सुझाव दिएका थिए ।
नेपालमा भने रिपो रेट बढाउदा वा घटाउदा उपभोक्ताले तिर्ने बैंकको ब्याजदरमा भने प्रभाव नपर्ने गरेको छ ।
SHARE YOUR THOUGHTS