८ अर्ब पुँजी नपुगेको बिओकेको वितरणयोग्य नाफा ६६ करोड « Eglish Khabarhub

८ अर्ब पुँजी नपुगेको बिओकेको वितरणयोग्य नाफा ६६ करोड



काठमाडौं । बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा ७३ करोड ७५ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा ३३.७१ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ५५ करोड १५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैैंकको वितरणयोग्य नाफा ६६ करोड १३ लाख ११ हजार रुपैयाँ रहेको छ ।

नाफा सँगै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । यसकै कारण बैंकको नाफा बढेको देखिएको छ ।
गत आवको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ५२ लाख ७ हजार खुद ब्याज आम्दानी गरेको बैंकको चालु आवको सोहि अवधिमा ३५.५४ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ९१ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि गत आवको सोहि अवधिमा भन्दा ३५.२८ प्रतिशतले बढेर १ अर्ब ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा ७७ करोड ५३ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

अहिलेसम्म पनि बैंकले राष्ट्र बैंकले तोके अनुसार चुक्ता पुँजी पुर्याउन सकेको छैन । राष्ट्र बैंकले ८ अर्ब न्यूनतम चुक्ता पुँजी पुर्याउन भने पनि अहिलेसम्म बैंकको चुक्ता पुँजी जम्मा ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ मात्र रहेको छ । यो अवधिमा बैंकको जगेडा कोषमा ६ अर्ब १२ करोड ४९ लाख ६६ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ । ८० अर्ब २१ करोड ८२ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७३ अर्ब ५३ करोड ८३ लाख २ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्ष १.८६ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले बढेर २.०८ प्रतिशत पुगेको छ । २० रुपैयाँ ८६ पैसा प्रति सेयर आम्दानी रहेको बैंकको प्रति सेयर नेटवर्थ भने १८६ रुपैयाँ ६० पैसा रहेको छ ।

Publish on: