एनबिआईले बैकिङ क्षेत्रको विषयमा बृहत सम्मेलन गर्ने « Eglish Khabarhub

एनबिआईले बैकिङ क्षेत्रको विषयमा बृहत सम्मेलन गर्ने



काठमाडौं ।  नेशनल बैंकिङ्ग इन्स्टिच्यूट स्थापनाको १० वर्ष पुरा गरेको अवसरमा ‘डेलिब्रेशन फर नेस्ट डिकेट’ विषय बृहत सम्मेलनको आयोजना गर्ने भएको छ ।

सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाल सहभागी हुने छन् । ।
उक्त छलफल कार्यक्रममा स्टेट बैंक लि. भारतका एमडि, दिनेश खारा, आईडिएफसी बैंकका एमडि एवँ सिईओ भि. बैद्यानाथन, स्टेट बैंक लि. भारतका स्वतन्त्र संचालक एवँ बैंकिङ्ग विज्ञ संजिव मल्होत्रा, एचडिएफसी बैंकका ट्रेजरर आशिष पार्थसारथी, फरेन एक्सचेन्ज डिलर्स एशोसिएसन अफ इन्डियाका प्रमूख कार्यकारी अधिकृत अश्विनी सिंधवानी तथा भारतका प्रख्यात आर्थिक पत्रकार तमल बन्दोपाध्यायको पनि सहभागीता रहने छ ।

उक्त सम्मेलन कार्यक्रममै बैंक अफ काठमाण्डूका प्रमूख कार्यकारी अधिकृत शोभन देव पन्त, नविल बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल केशरी शाह, एसविआई बैंकका मूख्य महाप्रबन्धक पिसी कन्डपाल, इन्डियन इन्स्टिच्यूट अफ बैंकिङ्ग एण्ड फाईनान्सका प्रमूख कार्यकारी अधिकृत डा. जेएन मिश्रा तथा नेतृत्व तालिमका बिज्ञ प्रकास रोहेरा समेतको छलफल कार्यक्रम रहेको छ ।

Publish on: