सांसदलाई ब्रोकर अध्यक्षको ब्रिफिङ- बैंकलाई ब्रोकर लाइसेन्स दिनु पुँजी बजारका लागि घातक « Eglish Khabarhub

सांसदलाई ब्रोकर अध्यक्षको ब्रिफिङ- बैंकलाई ब्रोकर लाइसेन्स दिनु पुँजी बजारका लागि घातक



काठमाडौं । स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष भरत रानाभाटले बैंकलाई ब्रोकर लाइसेन्स दिनु भनेको बैंक र पुँजीबजार दुबैका लागि घातक भएको बताएका छन् ।

मंगलबार संघीय संसदको अर्थ समितिमा भएको पुँजीबजार सम्बन्धी छलफलमा अध्यक्ष रानाभाटले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयलाई सांसदहरुलाई संभीरतापूर्वक हेर्नुपर्ने बताए ।

‘बैंकलाई ब्रोकर लाइसेन्स दिँदा हामीलाई केही फरक पर्दैन, किनभने बैंकले पनि सहायक कम्पनी खोलेर मात्रै ब्रोकरको कारोबार गर्न पाउँछन्, जसकारण अहिले ५२ वटा ब्रोकर छन् भने अब २८ वटा ब्रोकर थपिने हुन्,’ अध्यक्ष रानाभाटले भने, ‘बजार नबढ्ने तर ब्रोकरको संख्या बढ्ने हुँदा यो पुँजी बजारका लागि घातक हुन सक्छ ।’

बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङको खरता रहेको रानाभाटको भनाई छ ।

‘सेयर बजारमा ७५ प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको छ, बैंककै सहायक कम्पनीलाई ब्रोकरको कारोबार गर्ने अनुमति दिँदा पक्कै पनि इन्साइडर ट्रेडिङ हुन्छ,’ रानाभाटले भने, ‘माननीय सांसदज्यूहरुले यस विषयलाई गंभीरतापूर्वक हेरिदिनुहुने छ भन्ने हाम्रो विश्वास छ ।’

धितोपत्र बोर्डले क्वालीटी भन्दापनि क्वान्टीटीमा ध्यान दिएको उनको भनाई थियो ।

‘शुरुमा भटाभट लाइसेन्स दिइयो, अनि संख्या बढी भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई धमाधम मर्जरमा लगिएको छ,’ उनले भने, ‘बजार नबढेको सन्दर्भमा बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिएर ब्रोकरको संख्या थप्ने हो भने मर्जरको बिकल्प छैन ।’

स्टक ब्रोकरहरु देशभरका २ सय ६५ स्थानमा शाखा विस्तार गर्न तयार रहेको तर धितोपत्र बोर्डले अनुमति नदिएको अध्यक्ष रानाभाटले गुनासो गरे ।

बजार घटेको बेला र लगानीकर्ताको मनोवल गिरेको बेला सरकारले सेयर कारोबारमा प्यान अनिवर्या गर्ने भन्दा बजार प्रभावित भएको भन्दै अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने उनको भनाई थियो ।

‘शाखा विस्तार गर्न जान्छौं भन्दा पनि धितोपत्र बोर्डले अनुमति दिएको छैन,’ बैठकमा उपस्थित रहेका धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई देखाउँदै रानाभाटले प्रश्न गरे, ‘अध्यक्षज्यूु, हामीलाई के कति कारणले शाखा खोल्ने अनुमति दिइएन ?’

शाखा खोल्ने मोडाडिटीमा समस्या छ भनेर सुधार गरेर अघि बढ्न आफूहरु तयार भएको उनले प्रष्ट पारे ।

‘ब्रोकरको शाखा सम्बन्धी मापदण्डमा समस्या छ भने त्यसमा सुधार गरिनुपर्छ,’ उनले भने ।

धितोपत्र बोर्डको मापदण्ड अनुसार हुम्लामा पनि ब्रोकरको शाखा खोल्न १००० स्क्वायफिटको कार्यालय आवश्यक पर्ने तर त्यो ठाउँमा त्यति स्पेश भएको घर पाउनै कठिन भएको उनले गुनासो गरे ।

बजारको संस्थागत विकासका लागि बोण्ड मार्केटको विकास गर्नुपर्नेमा रानाभाटले जोड दिए । त्यसैगरी, घट्दो बजार र लगानीकर्ताको मनोवल गिरेको अवस्थाम नियामकले ल्याउने नीतिले बजारमा ठूलो असर पार्ने उनको भनाई थियो ।

दोस्रो बजारको सेयर कारोबारमा प्यान लगाउने विषयले पनि अहिलेको घट्दो बजारलाई थप प्रभावित बनाउने उनको भनाई थियो ।

त्यसैगरी, लगानीकर्ताका तर्फबाट बोलेका छोटेलाल रौनियारले बैंकको चर्को ब्याजदर नै अहिलेको पुँजी बजार विकासको मूख्य बाधक भएको बताए । उनले ब्याजदरलाई एकल अंकमा राख्नुपर्ने माग गरे ।

२३ खर्ब पुगेको बजार अहिले घटेर १३ खर्बमा झरेको भन्दै लगानीकर्ताले १० खर्ब रुपैयाँ गुमाएको रौनियारले दुखेसो पोखे ।

घट्दो सेयर बजारलाई माथि उठाउन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने उनको भनाई थियो ।

‘राष्ट्र बैंकले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनु भनिसकेको छ, तर अहिलेसम्म नेप्सेले किन नदिएको ?’ रौनियारले प्रश्न गरे ।

सेयर कारोबारमा लाग्ने पुाजीगत लाभकर सम्बन्धी निर्णय भएको २/३ महिना वित्दा पनि निर्णय सार्वजानिक नहुनु दुखद भएको भन्दै निर्णय सार्वजानिक गर्न उनले माग गरे ।

बजार घटेको बेला र लगानीकर्ताको मनोवल गिरेको बेला सरकारले सेयर कारोबारमा प्यान अनिवर्या गर्ने भन्दा बजार प्रभावित भएको भन्दै अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने उनको भनाई थियो ।

अर्थसमितिमा भएको छलफलमा राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर, ब्रोकर संघ लगायतका प्रतिनिधि छन् ।

बिहान ११ बजेदेखि अर्थ समितिमा पुँजी बजार सम्बनधी छलफल भइरहेको छ । अहिले पनि छलफल जारी छ ।

Publish on: