मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरक्षित नारी बचत योजनामा खाता खोल्दा ५० प्रतिशतसम्म छुट


काठमाडौं । कैलाश विकास बैंकले नारी दिवसका अवसरमा कैलाश सुरक्षित नारी बचत योजना ल्याएको छ ।

यो योजनामा शुन्य मौज्दातमा खाता खोल्न सकिने, निःशुल्क पाँच लाखसम्मको दुर्घटना बीमा, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिङ्ग, निःशुल्क इन्टरनेट बैंकिङ्ग, लकर सुबिधामा ५० प्रतिशत छुट लगायतका सुबिधाहरु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

देशभर ९० बटा शाखा मार्फत बित्तिय सेवा प्रदान गर्दै आएको बैंकको ३५ एटिएम रहेका छन् । निकट भविष्यमा देशका बिभिन्न ७ ठाँउमा शाखा संचालन गर्ने तयारी रहेको बैंकले जनाएको छ ।

बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, सेयर लगानीकर्ताहरुको लागि सी-आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।