मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी एक्विजिशन गर्ने


काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र हाथथे फाइनान्सबीच एक्विजिशन हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था अझ सुदृढ गराउन लिएको मर्जर तथा एक्विजिशन नीतिलाई आत्मसात गर्दै बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकासका साथै बैंकको कारोवार समेत बृद्धि गर्नका लागि हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई एक्विजिशन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
उक्त सहमतिपत्रमा ग्लोबल आइएमई बैकको तर्फबाट मर्जर तथा एक्विजिशन समिति सदस्य सुर्दशन श्रेष्ठ तथा हाथवे फाइनान्स कम्पनी लिमिटेडको मर्जर तथा एक्विजिशन समिति सदस्य नवराज नेपालले हस्ताक्षर गरेका छन । उक्त एक्विजिशन कार्य ३ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । हाथवे फाइनान्स कम्पनी लिमिटेडको कुल चुक्ता पूँजी रु.३० करोड रहेको छ ।
ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट र लर्ड बुद्ध फाईनान्स, संग सफल मर्जर गरिसकेको छ ।