बैंकले जथाभाबी लगानी गरे नियमन गर्न छुट्टै कानून बन्छः अर्थमन्त्री डा. खतिवडा « Eglish Khabarhub

बैंकले जथाभाबी लगानी गरे नियमन गर्न छुट्टै कानून बन्छः अर्थमन्त्री डा. खतिवडा



काठमाडौंः अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानून बनाउने तयारी गरेको बताएका छन ।

काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन । अर्थमन्त्री डा.खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेकोले त्यसलाई नियन्त्रण गर्न अनिवार्य भएको प्रष्ट पारेका छन । त्यहि जथाभावी लगानी गर्ने अवस्थालाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको कुरामा उनले जोड दिए ।

त्यसैगरी उनले पूँजी बजारमा लगानी बढाउन पनि कोषलाई निर्देशन समेत दिएका छन । उनले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउनेतर्फ कुरामा समेत जोड दिएका हुन । नागरिक लगानी कोषको योगदानबारे उनले भने– आयआर्जन हुने क्षेत्रमा लगानी गरेर कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने हुन्छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिक लगानी कोषले विशेष भुमिका खेल्नुपर्ने कुरामा समेत उनले र ध्यानाकर्षण गराएका छन ।

Publish on: