मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनाउ र मिसन डेभलपमेन्ट बैंक गाभिने, कसलाई के भूमिका ?


काठमाडौं । तिनाउ विकास र मिसन डेभलपमेन्ट बैंक आपसमा गाभ्ने तथा गाभिने (मर्ज) को लागि सम्झौता भएको छ । दुई बैंकबीच मर्जका लागि प्रारम्भिक सम्झौता (एमओयु)मा हस्ताक्षर भएको छ ।

मर्ज भएसँगै संस्थाको पुँजीगत आधार बलियो बनाउन, व्यावसाय विस्तार गर्न, भौगोलिक कार्यक्षेत्रको विस्तार गर्न सेयरको बुक भ्यालु वृद्धि गर्न, सेयर बजारको मूल्य वृद्धि गर्न, प्रति व्यक्ति कर्जा लगानी सिमा वृद्धि गर्न र संस्थाको मुनाफामा वृद्धि ल्यार्इ सक्षम हुने भन्दै दुई बैंक आपसमा गाभिएको नेप्सेलाई गराएको जानकारी पत्रमा उल्लेख छ ।

मर्जका लागि सम्बन्धी सम्झौता भएसँगै दुवै बैंकको सेयर कारोबार रोक्का भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) हाल तिनाउका सिइओ प्रदिप कुमार श्रेष्ठ नै रहनेछन् । अहिलेको मिसनका सीइओ हरि प्रसाद घिमिर्रे नायव सीइओको भूमिका रहने भएका छन् ।