एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता « Eglish Khabarhub

एभरेष्ट बैंकका ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ जसमार्फत कार्डहोल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।

एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ । ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । साथै, हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ ।

एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Publish on: