काठमाडौं । ग्लोबल आइएमई बैंकले सल्यान जिल्लाको श्रीनगरमा शाखा कार्यालय खोलेको छ ।
शाखाको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरे ।
उक्तकार्यक्रममा बैंककाअध्यक्षश्री चन्द्रप्रसाद ढकाललगायतस्थानीयजनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवितथा स्थानीय वासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
शाखा उद्घाटन समारोहमा बैंककाअध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीनगर, सल्यानशाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुुर्याउने बताए ।
SHARE YOUR THOUGHTS