शिवमको तीन दिनमा कति घट्यो भाउ ? खरिदकर्ता भने भेटिएनन् « Eglish Khabarhub

शिवमको तीन दिनमा कति घट्यो भाउ ? खरिदकर्ता भने भेटिएनन्



काठमाडौं । निकै चर्चा र तामझामका साथ आएको शिवम् सिमेन्टले बिस्तारै लगानीकर्ताहरुलाई निरास बनाउन थालेको छ ।

उत्पादनमुलक पहिलो क्षेत्र धितोपत्र बजारमा आएको भन्दै निकै स्थान दिइएको सिमेन्टको कारोबार सुरु भएको दिन देखि नै प्रस्तुती भने खराब बन्दै गएको छ । आइतबार ४१८ रुपैयाँबाट कारोबार सुरु भएको शिवम्को पहिलो दिन नै  सर्किट लाग्यो ।

त्यस्तै दोस्रो र तेस्रो दिन पनि शिवम्को कारोबारमा सर्किट लाग्यो । तीन दिन लगातार सर्किट लाग्दा लगानीकर्ताले ८१ रुपैयाँ नोक्सानी व्यहोरी सकेका छन् । माडबारी समुदायको संलग्नता रहेको शिवम्को अन्तिम सेयर मूल्य ३३७ रुपैयाँ रहेको छ ।

मंगलबार शिवम् सिमेन्टका लगानीकर्ताहरुले गुमाएका छन् । शिवम्मा खरिद गर्ने भन्दा पनि बिक्री गर्ने लगानीकर्ता बढी देखिएका छन् ।

Publish on: