बेसरेट घट्दा पनि बढ्यो बैंकको कर्जाको ब्याजदर « Eglish Khabarhub

बेसरेट घट्दा पनि बढ्यो बैंकको कर्जाको ब्याजदर



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको बेसरेट (आधार मूल्य) घटेपनि ब्याजदर भने बढेको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको आठ महिनाको विवरण अनुसार २०७४ फागुनमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.७० प्रतिशत रहेकोमा २०७५ फागुनमा ३.५५ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरु बीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ फागुनको ४.८७ प्रतिशतको तुलनामा २०७५ फागुनमा ५.१५ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार दर २०७४ फागुनको १०.३६ प्रतिशतको तुलनामा २०७५ फागुनमा ९.६५ प्रतिशत कायम भएको छ ।

२०७५ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.६२ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.४५ प्रतिशत र ११.९६ प्रतिशत रहेका थिए ।

Publish on: