१४ जना विदेशी बोकेको तारा एयरको जहाज रनवेमा चिप्लियो, सबै जना सकुशल « Eglish Khabarhub

१४ जना विदेशी बोकेको तारा एयरको जहाज रनवेमा चिप्लियो, सबै जना सकुशल



काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको विमान अवतरणका क्रममा मन्थली विमानस्थलको धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाज दुर्घटनाबाट जोगिएको छ नागरिक उडडयन प्राधिकरणले जनाएको छ ।

मौसम खराब भएपछि विमानलाई मन्थली विमानस्थलममा डाइभर्ट गरिएको थियो ।
नाइन एन एकेके कलसाइन रहेको जहाजमा १४ विदेशी र तीन चालक दलका सदस्य रहेको बताइएको छ । चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको प्राधिकरणले जानकारी दिएको छ ।

घटना लगत्तै हवाई सेवा सुरक्षा विभागको टोली घटनास्थलमा अध्ययनका लागि हिँडिसकेको प्राधिकरणले जानकारी दिएको छ।

Publish on: