चीनलाई जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न चेम्बरका अध्यक्षको प्रस्ताव « Eglish Khabarhub

चीनलाई जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न चेम्बरका अध्यक्षको प्रस्ताव



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना-नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भेष्टमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै आएको बताए । उनले चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य भएको बताए ।

चीनको बेजिङमा आइतबार भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन लगायत क्षेत्रहरु रहेको जानकारी गराए ।

उनले विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे ।

उनले नेपालमा अनुभवी एंव कडा परिश्रमिक श्रमिक, खनिज क्षेत्र रहेकाले लगानीको लागि अघि बढ्न आग्रह गरे । अध्यक्ष श्रेष्ठले चाइनासँगको व्यापरिक सम्झौता रहेको र शुन्य प्रतिशत भन्सारदरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने वस्तुहरु रहेको जानकारी दिए ।

उपयुक्त सम्झौताले भारतमा निर्वाध रुपमा सुन्य भन्सारदरमा मालवस्तु निर्यात गर्न पाउने भएकोले चीनका लागि पनि लगानीको वातावरण उपयुक्त देखिने उनले बताए । उनले सामान्य ग्राह्यता प्रणाली अनुसार अमेरिका, युरोपियन युनियन जस्ता मुलुकहरुमा शुन्यदर निर्यातको सुविधा प्राप्त भएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले नेपालमा चीनिया पर्यटन बढाउनलाई चाइनाको बेजिङ्ग र सांघाई, त्यस्तै गान्जाओमा दिनको २ वटा उडान, कुन्मिङ्गमा १ उडान, हङकङमा हप्ताको १० उडान भएको जानकारी दिए । यस्तै चीनको छेन्दुमा सातामा १६ उडान र ल्हासामा दैनिक उडान भएको उनले बताए ।

Publish on: