मुक्तिनाथ विकास बैंकले जेष्ठ नागरिकलाई कुर्सी दियो « Eglish Khabarhub

मुक्तिनाथ विकास बैंकले जेष्ठ नागरिकलाई कुर्सी दियो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोेखरा महानगरपालिका १० रामबजारमा अवस्थित रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई ३५ थानकुर्सी हस्तान्तरण गरेको छ ।

संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार यु.के. सोसाइटिका सल्लाहकार प्रेम विक विशेष अतिथि मुक्तिनाथ विकास बैंक पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखाकार्यालय अमरसिंहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्र राजपौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापासहितको संयुक्त उपस्थितिमा कुर्सी वितरण गरेको हो ।

Publish on: