काठमाडौं । हिमालयन बैंकले जनकपुरधाम उपमहानगरपालीका— १, स्टेशनरोडमा आफ्नो ५८ औ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको समुद्धघाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले गरेका छन । उदघाटन समारोहमा प्रमुख अतिथि राउतलनयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका छन ।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यवसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्धारा आफ्नो व्यवसायलाई बढाउन जिल्लावासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको बिचार व्यक्त गरेका छन ।
0 minutes read
0
Shares
SHARE YOUR THOUGHTS