प्रभु बैंकले खोल्यो कपिलबस्तुको चन्द्रौटामा नयाँ शाखा « Eglish Khabarhub

प्रभु बैंकले खोल्यो कपिलबस्तुको चन्द्रौटामा नयाँ शाखा




काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकास्थित चन्द्रौटामा चन्द्रौटा शाखा खोली कारोवार सञ्चालन गरेको छ ।
शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले एक समारोहकाबीच उक्त शाखा कार्यालय उदघाटन गरेका छन ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कपिलवस्तुका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै चन्द्रौटा शाखा कार्यालयबाट त्यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने बताए ।

Publish on: