सगरमाथाको फेदमा कुमारी बैंकको एटिएम सेवा « Eglish Khabarhub

सगरमाथाको फेदमा कुमारी बैंकको एटिएम सेवा



काठमाडौं । कुमारी बैंकले सर्वोच्च शिखर सगरमाथाको फेदमा एटिएम सेवा सुचारु गरेको छ ।

सगरमाथा आरोही, पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले सोलुखुम्बुको दिङ्गबोचेमा एटिएम सुविधा सुचारू गरेको बैंकले जानकारी दिएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बु स्थित ४,४१० मिटर उँचाइमा अवस्थित उक्त एटिएम देशकै सबैभन्दा उँचाइमा रहेको एटिएम हो । उक्त उद्घाटन समारोह बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना र त्यस क्षेत्रका वरिष्ठ वासिन्दा फु ताशी शेर्पाले संयुक्त रुपमा सम्पन्न गरेका हनु ।

खुम्बु क्षेत्रका पदमार्गी पर्यटक लगायत स्थानीय वासिन्दालाई नगद बोकेर हिड्ँने झन्झटबाट मुक्ति दिलाउदँैे, कुमारी बैंक देशकै सबैैभन्दा उच्च स्थानमा एटिएम राख्ने पहिलो बैंक बन्न सफल भएको छ ।

हालसम्म कुमारी बैंकले देशभर रहेका ९० शाखा, ८४ एटिएम, ३ एक्टेनशन काउन्टर लगायत ३ वटा शाखारहित ईकाई मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

Publish on: