काठमाडौं । सर्बोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको रोक्का भएको रकम खुल्ला गर्न परमादेश जारी नगरेको जनाएको छ ।
सर्बोच्चले निवेदनको माग अनुसार परमादेश जारी गरेको समाचार आएपछि सर्बोच्च अदालतले पेस्रनोट जारी गर्दै उनको रोक्का भएको रकम खुल्ला गर्न परमादेश जारी नभएको जनाएको छ ।
सर्बोच्च अदालतले सुमार्गीको स्रोत नुखुलेको सम्पत्तिको अनुसन्धान सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गर्नुपर्ने र ६ महिनाभित्रमा यसको निक्यौैंल गर्न भनेको छ ।
हरेक महिना यसको प्रगती विवरण पठाउन समेत भनेको छ । राष्ट्र बैंकले सुमार्गीले भित्राएको रकम शंका लागेको भन्दै रोकेपनि सम्पत्ति शुद्धिकरण अुनसन्धान विभागले कुनैपनि अुनसन्धान गरेको थिएन ।
जबकी स्रोत नखुलेको सम्पत्ति छानबिन गर्ने र मुद्दा चलाउने निकाय सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हो ।परमादेशको पूर्ण पाठ भने आएको छैन ।
SHARE YOUR THOUGHTS