काठमाडौं । सबै नेपाली नागरिकको स्वास्थ्य बीमा हुने भएको छ । यसका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै बाल स्वास्थ्यको सुधारका लागि सरकारले ६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सबै स्थानीय तहमा न्यूनतम एक चिकित्सक उपलब्ध गराउने भएको छ ।सबै स्थानीय तहमा स्वास्थ्य संस्था बनाउने योजना रहेको छ । यसको लागि सरकारले ५ अर्ब विनियोजन गरेको छ ।
राजविराजमा रामराजा अस्पतालको लागि ४० करोड बजेट विनियोजन भएको छ । बालकोटमा वीर अस्पताल निर्माण गर्न ४० करोड विनियोजन गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन भएको छ ।
SHARE YOUR THOUGHTS