काठमाडौं । प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिकामा नयाँ शाखा खोली कारोवार सञ्चालनमा ल्याएको छ ।
साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले उक्त शाखा कार्यालय समुद्घाटन गरेका छन । बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
साथै उक्त शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
SHARE YOUR THOUGHTS