पूर्वाञ्चल विश्वविद्यालयको नाम अन्तर्राष्ट्रिय जगतमा फैलियोः उपकुलपति दास « Eglish Khabarhub

पूर्वाञ्चल विश्वविद्यालयको नाम अन्तर्राष्ट्रिय जगतमा फैलियोः उपकुलपति दास



काठमाडौं । हिलसाइड कलेज अफ इन्जिनियरिङ, क्यानाडा स्थित युनिभर्सिटी अफ सास्काचेवान र भारतस्थित सोसाइटी फर रिलाबिलिटी इन्जिनियरि ङक्वालिटी एण्ड अपरेसन्स मेनेजमेन्टको संयुक्त आयोजनामा बुधबार र बिहीबार अन्तर्राष्ट्रिय क्स्क कसम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. घनश्याम लाल दासले यस्ता शैक्षिक कार्यक्रमले हिलसाइड कलेज अफ इन्जिनियरिङको मात्र नभएर पूर्वाञ्चल विश्वविद्यालयको नाम समेत अन्तर्राष्ट्रिय शैक्षिक जगतमा फैलिएको बताए ।

सम्मेलनमा क्यानडास्थित युनिभर्सिटी अफ सास्काचेवानका इलेक्ट्रीकल विभागका प्रा. डा. राजेश कार्कीले क्यानडास्थित ब्रीटिस कोलोम्बिया हाइड्रोको उदाहरण दिंदै नेपालमा पनि हाइड्रोपावरको अपार सम्भाब्यता रहेकोले उत्कृष्ट प्रबिधिको माध्यमबाट हामी आफैले सस्तो तथा गुणस्तरीय हाइड्रोपावर उत्पादन गरी मुलुकलाइ समृद्व बनाउन सकिने धारणा राखे ।

नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्ली रमण निरौलाले यस किसिमको कन्फेरेन्स नेपालको बिकास निर्माण मा कोसेढुंगा साबित हुने भन्दै आयोजक संस्थाहरुको प्रशंसा गरे ।

दिल्ली युनिभर्सिटीका गणित संकायका पुर्व डिन प्रा. डा. प्रमोद कुमार कपुरले यस्ता सम्मेलनबाट एक अर्को देशको प्रबिधि ज्ञानको साटासाट गर्न महत्त्वपुर्ण सहयोग पुग्ने भन्दै नेपाल जस्तो देशको लागि यस्ता सम्मेलनहरुले विकाश निर्माणमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

दुइ दिन संचालन भएको सम्मेलनमा बिभिन्न देशका बिज्ञ प्राध्यापकहरु को समुपस्थितिमा ५१ वटा रिसर्च पेपरहरुको प्रस्तुतीकरण गरिएको थियो ।
हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपानेले नेपालमा रिसर्चलाइ कम महत्त्व दिइरहेको परिप्रेक्ष्यमा यो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी गराए । उनले यस्ता सम्मेलनमा प्रस्तुत भएका रिसर्च पेपर पछि अध्ययन अनुसन्धान हुने पेपरहरुको आधारमा योजना बनाउन सके कम लागतमा गुणस्तरीय निर्माण गर्न सकिने बताए ।

कार्यक्रममा हिलसाइड कलेज अफ इन्जिनियरिङका अध्यक्ष तथा शिक्षाविद्व जनार्दन नेपालज्युले फ्याकल्टी र बिद्यार्थीको गुणस्तरको लागि अनिवार्य इण्टर्नसिपको पाठ्यक्रममै ब्यवस्था मिलाउन सरोकार पक्षसंग आग्रह गरे ।

Publish on: