अपत्यारिलो ब्याजदरमा ऋण दिन्छु भन्ने मार्केट पर्सलाई राष्ट्र बैंकले कारबाही गर्ने (सूचनासहित) « Eglish Khabarhub

अपत्यारिलो ब्याजदरमा ऋण दिन्छु भन्ने मार्केट पर्सलाई राष्ट्र बैंकले कारबाही गर्ने (सूचनासहित)



काठमाडौं । अप्रत्यासितरुपमा ब्याजदर दिने भन्दै सूचना निकाल्ने मार्केट पर्स ग्लोवल कम्पनी लाई नेपाल राष्ट्र बैंकले कारबाहीको दायरामा ल्याउने भएको छ ।

केही दिनअघि एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन नै प्रकाशित गरेर ६ प्रतिशत ब्याजदरमा ५ अर्ब सम्म ऋण उपलब्ध गराउने भन्दै सूचना प्रकाशित गरेको थियो ।

अपत्यारिलो ब्याजदरमा ५ अर्ब ऋण दिन्छु भन्ने कम्पनीको कार्यालय पुग्दा जे देखियो…

कम्पनीले उक्त विज्ञापनमा क्यासिनो, होटल, रिसोर्ट, अस्पताल, स्कूल, कलेज आदिका लागि टर्म लोन न्यूनतम दरमा उपलब्ध गराउने भन्दै वेबसाइट, इमेल तथा मोबाइल नम्बरसहित प्रकाशित गरेको थियो ।

कान्तिपुरमा छापिएको अपत्यारिलो ब्याजदरमा ऋण दिने विज्ञापनले राष्ट्र बैंकमा खैलाबैला मच्चायो

राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै यस्तो कार्य गरेको/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम निक्षेप लिन वा कर्जा दिन बैंकको स्वीकृति लिनुपर्ने र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ३१ बमोजिम बैंक वा वित्तीय संस्था बाहेक अन्य कसैले बैंकिङ तथा वित्तीय कारोबार गर्न नपाउने कानूनी व्यवस्था भएको हुँदा यस्तो कार्य कसैले नगर्न-नगराउन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’ 

Publish on: