काठमाडौं । झापाको क्षेत्र नम्बर एकमा धेरै खोला भएकोले त्यहाँको खोलामा पुनल बनाउनको लागि सांसद कुमारी मेचेले माग गरेकी छिन् ।
प्रतिनिधि सभाको बैठकमा सांसद मेचेले उक्त क्षेत्रमा धेरै खोला भएकाले आवत जावत गर्न समस्या हुने भएकोले खोलामा पुल बनाउन माग गरेकी हछिन् । उनले भनिन्, ‘हाम्रो क्षेत्रमा धेरै खोला रहेका छन्, अब वर्षा लागेकोले हिँडन समस्या भएको छ, मैले धेरै पहिलादेखि हडिया खोलामा झोलुङ्गे पुल राख्न माग गरेको थिए, तर बजेटमा उक्त पुल परेको छैन ।’
उनले झापामा धेरै खेती हुने क्षेत्र भएको भन्दै त्यहाँका किसानले पाउने मल, बीउको सहजिकरणको लागि सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले झापामा धेरै सुकुम्बासी पनि बस्ने गरेको भन्दै उनीहरुको हित हुने गरी बजेट पठाउन पनि आग्रह गरेकी छिन् । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीको घर पनि झापा नै हो ।
SHARE YOUR THOUGHTS