काठमाडौं । प्रभु बैंकले शाखा विस्तार गर्ने क्रममा हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मानिने खार्पुनाथ गाउँपालिका– वडा नं. ५ मा नयाँ शाखा खोली कारोवार संचालनमा गरेको छ ।
उक्त शाखाको उद्घाटन एक समारोहका विच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले गरेका छन ।
खार्पुनाथ शाखा कार्यालय समुदघाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ, हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
खार्पुनाथ शाखा समेत गरी बंैकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
SHARE YOUR THOUGHTS