सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरपालिकाले जग्गा पाएन « Eglish Khabarhub

सार्वजनिक शौचालय बनाउन काठमाडौं महानगरपालिकाले जग्गा पाएन



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक जग्गा नपाउँदा काम अगाडि बढ्न सकेको छैन् ।

महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले मंगदबार सार्वजनिक शौचालय बनाउन जग्गाको अभाव हुने भएको बताए ।

पत्रकारसम्मेलनमा उनले सार्वजनिक शौचालय सबैलाई चाहिने तर जग्गा कसैले पनि उपलब्ध गराउन नमान्ने समस्या रहेको बताए ।

अब बन्ने शौचालय र आकाशे पुलमा पसल राख्न नदिने योजना रहेको उनले सुनाए । अहिले महानगरमा ५७ वटा सार्वजनिक शौचालयमध्ये ५४ वटा सञ्चालनमा छन् ।

उनले सार्वजनिक शौचालयको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको पनि जानकारी गराए । यो आवमा २० वटा नयाँ सार्वजनिक शौचालय निर्माण गर्ने योजना महानगरको रहेको बस्नेतको भनाइ छ ।

सार्वजनिक शौचालय कुनै पनि संस्थाले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत बनाउन सहकार्य गरेमा महानगर तयार रहेको बताए ।

Publish on: