योगेश भट्टराई पर्यटन मन्त्री, केही बेरमा सपथ ग्रहण « Eglish Khabarhub

योगेश भट्टराई पर्यटन मन्त्री, केही बेरमा सपथ ग्रहण



काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । नेकपाका स्थायी कमिटि सदस्य भट्टराइको आजै ४ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ ।

तत्कालीन मन्त्री रविन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी निधन भएको ५ महिनापछि भट्टराईलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो । ताप्लेजुङबाट निर्वाचित भट्टराई नेकपा भित्र सालिन र बौद्धिक नेताको रुपमा परिचित छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको समयमा तालुकदार मन्त्री नै नभएको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

Publish on: