स्याङ्जा । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भुमि पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने भन्दै गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने चेतावनी दिइन ।
काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले बताए । ‘सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नितिका साथ अगाडि बढेको छ’, मन्त्री अर्यालले भनिन् । काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागी जनप्रतिनिधी साझा भएको समेत बताए ।
अर्को प्रसंगमा मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरे । पछिल्ला समय सामाजिक संजालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मुल्याङ्कन जनताले गर्ने बताइन ।
उपकार बचत तथा क्रृण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे ।
सरकारले सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याईने योजनाका साथ अगाडि बढेको बताए । ‘बुटवल र पोखरा आएका पर्यटकलाई स्याङ्जामा ल्याउने, यहाँका होमिस्टेह?को परिचालन गर्ने हो’, मन्त्री अर्यालले भनिन्, ‘गएका २ वर्षको अन्तरालमा यहाँका पालिका हेर्नुस, मुल्यांकन गर्नुस परिर्वतन र बदलाव आँफै देख्नुहुन्छ ।’
SHARE YOUR THOUGHTS