काठमाडौं । पाइलटको कुशलताले सीता एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
लुक्लाबाट काठमाडौंको लागि उठेको जहाज तीन मिनेटमा नै इन्जिन फेल भएको थियो । दुईवटा इन्जिन भएको जहाजमा एउटा इन्जिन फेल भए पनि पाइलट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेका थिए ।
विमानमा चालकदलका सदस्य मात्र थिए ।
बुधबार सीता एयरको ९ एनएचेएच कल साइन भएको जहाज लुक्लाबाट काठमाडौंतर्फ उठेको थियो । जहाज उठेको तीन मिनेटमा इन्जिन फेल भएको थियो । १९ सीट क्षमता रहेको जहाज क्याप्टेन भरत थापा र क्याप्टन प्रदिप अधिकारीले उडान गरेका थिए ।
SHARE YOUR THOUGHTS