सामाजिक काममा सेयर लगानीकर्ता, क्यान्सर पीडित बालबालिकालाई राहत वितरण गर्ने « Eglish Khabarhub

सामाजिक काममा सेयर लगानीकर्ता, क्यान्सर पीडित बालबालिकालाई राहत वितरण गर्ने



काठमाडौं । क्यान्सर फ्रि सोसाइटीले क्यान्सर पीडित बालबालीकाहरुको लागि जनचेतना तथा आर्थिक राहत वितरण गर्ने भएको छ ।

उक्त कार्यक्रम सेयर लगानीकर्ता गोपाल स्वामी र हरी ढकाल लगायतले सञ्चलान गरेको सामाजिक संस्थाले उक्त कार्यक्रम गर्न लागेका हुन् ।

क्यान्सर बिरुद्ध एक दिन भन्ने नाराका साथ बृहतरक्तदान तथा क्यान्सर पीडित बालबालिकाको लागि राहत वितरण, निशुल्क दन्त शिविर तथा क्यानसर सचेतना, खाद्य स्वच्छता र सुरक्षा सम्बन्धी बृहत कार्यक्रम गर्न लागेको बताइएको छ ।

उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतको उपस्थिती हुने बताइएको छ । कार्यक्रम शनिबार काठमाडौ महानगरपालिका वडा नं ३२, पेप्सीकोला, फुटबलमैदानमा हुने छ । उक्त कार्यक्रम संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत गर्न लागेको जनाएको छ ।

संस्थामा पैसा भएर भन्दा पनि आफुहरुले खाजाको पैसा कटाएर, फजुल खर्चलाई न्यून गरेर कार्यक्रम गर्न लागेको स्वामीले बताए ।

Publish on: