काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको, ककनीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५/७६मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।
। संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणहरु पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि राम बहादुर पाण्डेले संस्थाको कारोबार वृद्धि सँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने सुझाव दिए ।
सभामा बिशिष्ट अतिथि डा. आत्मराम घिमिरेले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव दिए ।
साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम २०७५/७६ मुनाफाबाट ०.६३१५७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने र चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ । मर्जर तथा एक्विजेशनको जानको लागि उपयुक्त संस्था खोज्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै साधारण सभाबाट सर्बसाधारण शेयरधनीको तर्फ बाट संचालकमा भावना बलायर र अविनास सिलवाल निर्बिरोध निर्वाचित गरेको छ । संस्थाले असार मसान्तसम्ममा १ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ ।
SHARE YOUR THOUGHTS