काठमाडौं । छिमेक लघुवित्त संस्थाले सेयरधनीहरुलाई दिन लागेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
संस्थाको सञ्चालक समितिले हाल कायम रहेको चुक्ता पुँजीबाट संस्थाले ४४.३३ प्रतिशत लाभांश दिने भएको निणर्य गरेको थियो । जसमा २७.११८६ प्रतिशत बोनस र १७.२१६८ नगद लाभांश हो ।
उक्त लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण गरिने जनाइएको छ ।
हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । जसको २७.११८६ प्रतिशत हुन आउने ३२ करोड रुपैयाँ बोनस र १७.२१६८ प्रतिशत हुन आउने २० करोड ३१ लाख ५७ हजार ८९४ रुपैयाँ नगद लाभांस संस्थाले वितरण गर्नेछ ।
SHARE YOUR THOUGHTS