टिपर सञ्चालन समय परिवर्तन, उपत्यका प्रवेशमा झन कडाइ « Eglish Khabarhub

टिपर सञ्चालन समय परिवर्तन, उपत्यका प्रवेशमा झन कडाइ



काठमाडौं । सरकारले टिपर सञ्चालानमा थप कडाइ गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षालाई ध्यानमा राख्दै अब उप्रान्त बिहान ८ बजेपछि मात्रै उपत्यका प्रवेश गर्न पाउने नियम बनाएको हो ।
विभागका अनुसार अब नागढुंगा र धुलिखेलबाट राति ८ बजेपछि मात्रै उपत्यका प्रवेश गर्न पाउनेछन् ।

लोड गरिएका टिपर लगायतका मालबाहक सवारी साधनहरु सवारी आवागमनमा बाधा पुग्ने गरी सडक मार्गमा पार्किङ गर्न पाउने छैनन भने बालुवा ढुवानी गर्ने सवारी साधानहरु धोएर सडकमा पानी नचुहिने भएपछि मात्रै उपत्यकामा प्रवेश गर्न पाउनेछन् ।

Publish on: